६ महिनामा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

६ महिनामा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

बिराटनगर । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता र १८ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।

संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

यस आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ४१७ जना फरार प्रतिवादी पक्राउ गरी ५३६ बर्ष कैद भुक्तान भई , १ करोड ५२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार ११६४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने  ३३६.३१२ केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल २८ हजार ५५० ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ३ हजार ९५८ एम्पुल बरामद भएको छ ।

अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु १ हजार ६२० ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ३६२ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख २७ हजार २६६ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ८० जना मानिस पक्राउ गर्नुका साथै ७ करोड ९९ लाख ८ हजार १०५ रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ११९ जना मानिस र ५४० वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३७ लाख ७५ हजार ७२० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३६ जना मानिस पक्राउ गर्नुका साथै १५६९ क्यू.फिट.  काठ बरामद गरी २० लाख ६५ हजार ९८० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ६ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख २४ हजार ८८९ वटा सवारी साधनलाई कारवाही गर्दा ७ करोड ६८ लाख ४९ हजार ५०० राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ६ महिनामा मात्र कुल १८ करोड २२ लाख ४ हजार ४७७ राजश्व संकलन भएको हो ।

यसैगरी अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.