विराटनगर । विराटनगर ५ शान्ती चोकका स्थानिय आक्रोशित भएका छन् । लामो समय देखी शान्ती चोक – राम मन्दिर क्षेत्रको सडक निर्माण कार्य अलपत्र पारीएको भन्दै स्थानिय आक्रोशित भएका हुन् ।

आक्रोशित भएका स्थानियले ७४ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । सडक निर्माणकार्य छिटो सम्पन्न गर्न भन्दै वडा कार्यालय, विराटनगर महानगरपालिका र भौतिक पुर्वाधार विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको स्थानिय प्रशन्न वैद्यले बताए ।

उक्त सडकमा दिनँहु साना ठुला सवारी साधनको चाप हुनेगरेको छ । तर अलपत्र छाडीएका कारण अत्यधिक धुलो उडेका कारण वातावरण प्रदुषणका साथै मानव स्वास्थ्यमा समेत गम्भिर असर परेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

स्थानियले तत्कालका लागि दिनमा ३ पटक सम्म पानी पटाउन माग गरेका छन् । सम्बन्धित पक्षले बेवास्था गरेको खण्डमा ठूला गाडी प्रवेष निशेष गर्ने, बाटो अवरुद्ध गर्नका साथै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

मौखिक रुपमा बारम्बार ध्यानाकर्षण गर्दा समेत बेवास्था गरेको भन्दै ज्ञापन पत्र बुझाउन बाध्य भएको स्थानियको भनाई छ ।