लागुऔषध ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ

लागुऔषध ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ

बिराटनगर ।   १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो । img_7995बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो । यसैगरी बिराटनगर महानगरपालिका-१६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय बिशाल बि.क., धरान-२ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका-५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका-५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक-१६ एम्पुल , फेनारगन-१६ एम्पुल र एभिल-१६ एम्पुल सहित शनिवार दिउँसो पक्राउ गरेको हो ।  यस्तै झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.