विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरुको संघर्ष समिति गठन

विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरुको संघर्ष समिति गठन

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १ सय २६ विग्घा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन ।
विराटनगर महानगरपालिकाको ४ मा रहेको विमानस्थलको चारै तिर विस्तार हुदा वडा नम्बर ४ का करिब ३ सय घर परिवार विस्थापित हुनेछन् । हालै विमानस्थलले विस्तारित विमानस्थलको बाउण्ड्री सर्भे सम्पन्न गरेको छ ।
विस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्ति दिलाउनका लागि वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थल पिडित संघर्ष समिति गठन गरिएको छ । जसमा विनोद भण्डारी, रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्की लगायत १५ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
संघर्ष समितिका संयोजक वेदराज पौडेलले विमानस्थलको वरिपरि घर निर्माण गरेर बर्षाैदेखी बसोबास गर्दै आएका सर्बसाधरणले घरबार बिहिन बन्नु पूर्व नै राज्यले उचित क्षतिपूर्ति देओस र उनीहरु अहिले बसोबास गरेजतिकै स्थानमा जमिन किनेर घर बनाएर बस्न सकुन भन्ने उद्येश्यले क्षतिपूर्तिको पहलका लागि संघर्ष समिति गठन गर्नु परेको बताए ।
विमानस्थल क्षेत्रीय र अन्तराष्ट्रिय स्तरकै बन्नु पर्छ भन्ने आफुहरुको पहल हुने र विमानस्थल विस्तारमा कुनै अवरोध गर्ने नभइ संघर्ष समितिले राज्यबाट पाउने क्षतिपूर्ति न्यायसंगत व्याबहारिक हुनुपर्ने बिषयमा पहल गर्ने पौडेलले बताए । विमानस्थल कहिले सम्म मुआब्जा दिएर घर जमिन खालीगर्नु पर्ने हो त्यसको मिति स्पष्ट गर्नु पर्ने, क्षतिपूर्तिका आधारहरु स्पष्ट पार्नु पर्ने, आधा घर र आधा जमिन मात्रै परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्ने लगायतका विषयमा पहल गर्ने उनले प्रष्ट्याए ।
पौडेलले राज्यले दिने क्षतिपूर्तिले अहिले बसिरहेको थातथलो भन्दा पनि सुगममा जमिन किनेर घर बनाउने सक्ने हैसियत हुनेगरि ब्यवस्था गरिनु पर्ने माग गरे । क्षेत्रीय र पछि अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्ने लक्ष रहेको विमान स्थलको चारै तिर यो पटक १२६ दशमलव ४६ विगा जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको छ ।
विमानस्थल क्षेत्रीय स्तरको हुदा मोरङ जिल्लाको विराटनगर महानगरपालिका ४ र सुनसरीको बर्जु गाउपालिका सम्म विस्तार हुने छ । क्षेत्रीय स्तरको निर्माण सम्पन्न हुदा नेपालको दुई जिल्ला छुने यो एकमात्र विमानस्थल बन्ने छ ।
यस अघि कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो । विस्तार हुदा विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार ५०० सय मिटर लामो हुने छ । हालको धावनमार्ग एक हजार ५०० मिटरको छ । साबिक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने एकिन गरिएको छ । त्यहि अनरुप अहिले बाउण्ड्री सर्भे गर्ने काम सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.