आश्रमका बालबालिकासँग लायन्स र लियोको बर्थडे सेलिब्रेशन

आश्रमका बालबालिकासँग लायन्स र लियोको बर्थडे सेलिब्रेशन

काठमाडौं । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, ग्लोबल फ्रेन्ड्स, सोसियल फ्रेन्ड्स र लियो फ्रेन्ड्सले संयुक्त रुपमा हङ्गर रिलिफ र मेल्भिन जोन्स डे सिलेब्रेशन कार्यक्रम सम्पन्न गरेको छ । ग्लोवल फ्रेन्ड्सका संस्थापक अध्यक्ष लायन सितल सर्मा, द्वितीय उपाध्यक्ष लायन इपक मल्ल र लियो फ्रेन्डसका सदस्य लियो विकास श्रेष्ठको जन्मदिनको शुभअवसरमा गौरिघाट स्थित प्रणवानन्द आश्रममा बालबालिकालाई दिवा भोजन र विविध खाद्यान्न सामग्री हस्तान्तरण गर्दै सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा अतिथिको रुपमा डिष्ट्रीक डिपार्टमेन्ट चिफ लायन प्रकाश रायामाझि र लियो डिष्ट्रीक ३२५ बी २ बाट लियो विक्रम आयान पुरी (एरिया कोर्डिनेटर), लियो अस्मिता लामिछाने (रिजन चेयरपर्शन), लियो मातृका कोइराला (स्किल एन्ड बिजनेश कमिटि कोर्डिनेटर) र लियो सन्जय विक्रम अधिकारी (डिष्ट्रीक कोर्डिनेटर) समेतको प्रतिनिधित्व रहेको थियो । ग्लोवल फ्रेन्ड्सका संस्थापक अध्यक्ष लायन सितल शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा शिक्षा र भोजनका लागी नगद समेत हस्तान्तरण गरेका थिए । उनले आफ्नो जन्मदिनमा बालबालिकाको उज्वल भविष्यको लागी सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।

137634218_1812358858918794_7721587227549315824_n
मेल्भिन जोन्स डे को विशेष सम्झनासहित सम्पन्न भएको उक्त कार्यक्रममा तीन वटै लायन्स क्लव र लियो क्लवको तर्फबाट उपस्थिति रहेको थियो । कार्यक्रममा मेल्भिन जोन्स डे को विषेश सम्झनामा फोटोमा माला लगाई विशेष दिनको सम्झना गरिएको थियो । मेल्भिनको संकल्पले गर्दा आज विश्वभरी लायनवादको जागरण फैलिएको छ । २०० भन्दा बढी मुलुकमा फैलिएको लायन्स क्लवले कम भाग्यशाली व्यक्तिलाई विशेष सहयोग गरी अगाडी बढाउने काममा प्रसिद्वि कमाएको कुरा लायन प्रकाश रायामाझिले बताए। युनाइटेड फ्रेन्डसले मातृत्व गरेको क्लवले सबैसँग सहकार्य गरेर सामाजिक सेवा गर्नु सार्थक र महत्वपूर्ण कदम भएको हुँदा सबै एक जुट भएर अगाडी बड्नका लागी युनाइटेड फ्रेन्ड्सका अध्यक्ष लायन दिपक थापाले आग्रह गरे ।
त्यसैगरी सोसियल फ्रेन्डसका संस्थापक अध्यक्ष लायन भुषण कुमार श्रेष्ठले सामाजिक सेवा हरेक सचेत नागरिकको कर्तव्य भएको दृष्टिकोण राखे। लियो फ्रेन्ड्स्का संस्थापक अध्यक्ष लियो स्मृति कुँवरले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा यस्तो पवित्र कार्यमा खर्च गर्नु आफैमा महत्वपूर्ण भएको साथै यस्लाई संस्कारकै रुपमा अगाडी बढाउन आवश्यक रहेको बताइन ।
कार्यक्रममा लायन इपक मल्ल, पवन पराजुली, वेदनाथ ढकाल, अशोक कार्की, सम्शेर कार्की, दृष्टान्त कार्की, चन्द्र श्रेष्ठ, दिपिका सिलवाल, अर्चना काफ्ले, लियो गार्गी अधिकारी, अर्जुन समशेर कुँवर, उषा भण्डारी, कलाकार उमेश कार्की सामाजिक अभियन्ता शैलेश दाहाल र छोरीका लागी छोरी अभियानकी अभियन्ता सरिता अधिकारी लगाएत अन्य महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *