साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत

साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत

विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आज विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि धीरज राई, दीपा दाहाल र विनय सरगम प्रस्तुत भएका हुन् । उनीहरुले ५–५ वटा कविता प्रस्तुत गरे । धीरजले ‘प्रेममा परेपछि’, काठमाडौं चित्र’, ‘आमाको बारेमा’, ‘राष्ट्रवादलाई संकट’ र ‘कसम’ कविता वाचन गर्दा दर्शक–स्रोताको राम्रै ताली पाए ।

त्यस्तै ‘ओरालोमा खोज्दै जीवन’, ‘कोठा चाहिएको सूचना’, ‘आदिवासी सत्य’, ‘आयुको सीमारेखाबाट एउटा प्रश्न’, ‘रुमाल’ दीपाले वाचन गर्दा विनयले ‘काँडा’, ‘पर्खाइ’ र ‘तिम्रो तस्बिर’ लगायतका कविता प्रस्तुत गरे । दीपा र विनयका कविताले पनि आरोहणको नाटक हलमा खचाखच दर्शक–स्रोताको मन जित्न सफल भयो ।

त्यस्तै मञ्चले साहित्य र कला क्षेत्रमा योगदान पुर्याउने दुईजना स्रष्टालाई सम्मान गरेको छ । तीन दशकभन्दा लामो समयदेखि सक्रिय कविराज पोखरेल र अग्रज कलाकार माया पौडेल ‘आशावादी’लाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र संस्था संरक्षक कवि एवं मीनकुमार नवोदितले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । पोखरेललाई साहित्य र आशावादीलाई कला क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिनुभयो ।

साहित्य, कला, संगीतलगायतमा रुची भएका युवाहरु मञ्चमा आबद्ध छन् । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन र वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडीभरिको आकाश’ नाटक मञ्चन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.