तिलक थापाको कविता : भ्रम

तिलक थापाको कविता : भ्रम

नेपाली राजनीतिक इतिहासको
पाना– पानामा राम्रोसँग अध्ययन गरौं ।
अनि बुझौं लिच्छविकाल, मल्ल कालिन, किराँत कालिन
अनि सबै खाले राजनीतिक इतिहासहरु
नेपाली राजनीतिका पुराना कथाहरू

जति– जति समय बदलिँदै गयो
त्यति नै राजनीतिक उथलपुथल हुदै गयो
साह वंशको इतिहास, राणा कालिन
अनि पञ्चायत कालको इतिहास
सबै समयमा भएको गतिविधि
राम्रोसँग अध्ययन गरौं ।

धेरै धेरै भए राजनीतिक आन्दोलन
नाराबाजी अनि
शान्ति र समृद्धि मिठास पूर्ण भाषण
कथा सुनाए सधैं हो
जनताको चाहना र
परिकल्पना पनि त्यहीँ थियोे ।

त्यही सुख ,शान्ति समृद्धि र
नेपालमा दिगो विकास स्थायी
शान्ति ल्याउनको लागि
भएका आन्दोलनहरुमा बने
कति सहिद, कतिका गुमे
परिवार आफ्नत जन
कति बने टुहुरा, कतिको पुछियो सिंउदोको सिन्दुर
कतिको रित्तो भयो काख

त्यो इतिहास को काल खण्ड
देखि आज सम्मको राजनीतिक
हेर्दा हुनैपर्ने हुन सकेन
हुन नहुने जति हुन थाले
सबै लिप्त हुदै गए
पद, प्रतिष्ठा र कमाउने धन्दा को
मोह मा
सोही कारण नेपाली राजनीतिक
हेर्ने दृस्टी मा अविश्वास हुन थाल्यो ।
जनसमुदाय मा

त्यो सबै राम्रोसँग अध्ययन गर्दा
अहिले को राजनीतिक
आन्दोलन र त्यसबाट हुनुपर्ने
उपलब्धिहरु सबै
जनताहरुले राखिएको आसा
अपेक्षा कतै भ्रम मात्रै हुने हो कि ?

तिलक थापा
अरुण गाउँपालिका
वडा नं : ७ मैदाने
भोजपुर

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *