विराटनगरमा विशाल कृषि तथा औद्योगिक प्रदर्शनी

विराटनगरमा विशाल कृषि तथा औद्योगिक प्रदर्शनी

विराटनगर। विराटनगरमा हुने भनिएको कृषि तथा औद्योगिक प्रदर्शनीे आगामी बुधवार विराटनगरमा शुरु हुने भएको छ।
आयोजक उद्योग संगठन मोरंगले पत्रकार सम्मेलन गर्दै विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको बताएको जनाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालाबाट उद्घाटन हुने मेलाको पुर्वसन्ध्यामा उद्योगी तथा व्यवसायीहरुले कार ¥याली गर्दै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ। करिव ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरि २ सय ५४ स्टल रहने बताइएको छ।

         नेपालका प्रमुख स्वदेशी उत्पादनलाई प्राथमिकताका साथ राखिने प्रदर्शनीमा चौरी गाई, अष्ट्रिच चरा, जुम्लाका कृषि उत्पादनहरु, हावाबाट चल्ने विद्युतिय उपकरणहरु, हेलिसिटी टुर, वाल उद्यान, रोजगारी मेला आदी मेलाको मुख्य आकर्षण रहेका छन्। पुर्वाञ्चलमै पहिलो पटक हुने माउन्टेन उडान प्रतिव्यक्ति ९ हजार तिरेर १ घण्टामा गणेश, कञ्चनजंगा लगायतका हिमशिखर तथा अन्य प्राकृतिक दृष्यहरुको अवलोकन गराइने आयोजकको तयारी रहेको छ ।

               प्रदर्शनीमा जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थ लगायतका वस्तुहरु राखिने छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *