हाेमपेज > ब्रेकिङ्ग न्यूज > मकुनाले फेरी एकजनाको ज्यान लियो

मकुनाले फेरी एकजनाको ज्यान लियो

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षणमा रहेको मकुना हात्तीको आक्रमणबाट फेरी एक जनाको ज्यान गएको छ ।

मकुनाको आक्रमणबाट सोमबार राती सुनसरीको कोशी गाउँपालिकाका ५ का १९ वर्षीय मोती कामतको मृत्यु भएको हो । मकुनाको आक्रमणबाट कामतको मृत्यु भएपछि स्थानीयले राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

स्थानीय र प्रशासनबीच १० बुँदे सहमती भएपछि आफन्तले शव बुझेको र राजमार्ग खुलेको सुनसरीका प्रहरी उपरीक्षक कपल थापाले बताए ।

यसअघि मकुनाको आक्रमणबाट मङ्सिर २९ गते कोसी गाउँपालिका ६ का प्रमोद यादवको मृत्यु भएको थियो ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *