रेसम चौधरी सहित ८ जनालाई जन्मकैदको फैसला

रेसम चौधरी सहित ८ जनालाई जन्मकैदको फैसला

काठमाण्डौ । उच्च अदालत दिपायलले सांसद रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र अन्य ७ जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

यसअघि थारुलाई जिल्ला अदालत कैलालीले धरौटीमा छोडेको थियो । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै निर्णय सदर गरेको हो ।

उच्च अदालत दिपायल राजपुरका न्यायाधीश टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले टिकापुर घटनामा दोषी देखिएका चौधरी र थारुलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै फैसला सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.