लायन्सको दोस्रो जोन बैठक तथा सम्मान कार्यक्रम सम्पन्न्न

लायन्सको दोस्रो जोन बैठक तथा सम्मान कार्यक्रम सम्पन्न्न

काठमाडौँ । लायन्स क्लव अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ बी २ एरिया नम्बर १, रिजन ३ तथा जोन नम्बर ६ ले दोस्रो जोन वैठक एवम सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित उक्त कार्यक्रमलाइ लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डस र लायन्स क्लव अफ काठमाडौ युनाइटेड सगरमाथाले होस्ट गरेका थिए ।131285023_726916281286734_5714923655496955637_n

जोन चेयर पर्सन एमजेएफ लायन अनिल कुमार बरालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा आइपीडिजि एमजेएफ लायन अनुप पहारी, विशेष अतिथिको रुपमा लायन विनय बस्नेत (चिफ इभ्यालुएशन कमिटी ) , लायन कुश मल्ली ( डिष्ट्रीक कोर्डिनेटर ), लायन अमर बहादुर श्रेष्ठ (डिष्ट्रीक कोर्डिनेटर) ,लायन यदुराज लामिछाने ूआशिष ू ( डिष्ट्रीक डिपार्टमेन्ट चिफ जेरो वेष्ट ) ,लायन भिकेएस ठकुरी ( डिष्ट्रीक डिपार्टमेन्ट चिफ) ,लायन अमर ज्योती रन्जित ( एरियाचिफ एरिया नम्बर १ ) , लायन प्रदीप गुवाजु ( रिजन चेयर पर्सन रिजन नम्बर ३) र लायन धना आचार्य ( एरिया कोषाध्यक्ष एरिया नम्बर १ ) को उपस्थिति रहेको थियो ।

होस्ट क्लबका अध्यक्ष द्वय लायन दिपक थापा र लायन विष्णु ठकुरीले आफ्नो क्लवको हिजो, आज र भोलिका विभिन्न विषय समेटिएको लिखित रिपोर्ट प्रस्तुत गरेका थिए।130878565_853789055455098_9019663813740564614_n

लायन सिर्जना बरालले संचालन गरेको सो कार्यक्रममा बोल्दै प्रमुख अथिति र विशेष अथितिले लायन्स क्लवले सधै मानवीय सेवाको लागी सार्थक काम गरेको र सधै अविचलित भएर काम गर्ने अठोट सहित नयाँ लायन्स सदस्यलाइ धन्यवाद ज्ञापन समेत गरेको थियो । उनीहरुले सबै जोन र क्लव भन्दा पृथक कार्यक्रम गरेको हुँदा सधै उदाहरणीय काम गर्नका लागि शुभेच्छा समेत प्रकट गरेका थिए ।

लायन दिप्रश शाक्यले संयोजन गरेको कार्यक्रममा सबैको सहभागीता र उत्साहले भरिएको उक्त कार्यक्रम धेरै महत्वपूर्ण ढङ्गले संचालन गरिएको थियो । रात्री भोज सहितको उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै प्रेसाइडिङ्ग अफिसर अनिल कुमार बरालले आफ्नो जोनमा पर्ने क्लव अन्तरगत युनाइटेड फ्रेन्डस र सगरमाथालाइ विशेष सम्मान गरे। साथै उनले नयाँ प्रवेश गर्ने सदस्यहरुलाई स्वागत र सम्मान गर्दै सबैलाई धन्यवाद ज्ञापनसहित सभाको समापन गरेका थिए ।131581224_878704259596101_7032463081271929782_n

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *