उद्योग बाणिज्य महासंघको निर्वाचनमा इटहरीका यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित

उद्योग बाणिज्य महासंघको निर्वाचनमा इटहरीका यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित

विराटनगर । उद्योग बाणिज्य महासंघको केन्द्रिय चुनाबमा इटहरीका उदयमान यूवा ब्यबसायी टंक दुलालको जित शुनिश्चित भएको ब्यबसायीहरुले बताएका छन् । निर्वाचन परिणामको नतिजा पर्खनमात्र बाँकी रहेको पुर्ब केन्द्रिय सदस्य रोहित प्रसाईले बताए । अगामी मंसिर ११ गते देखि १३ गते सम्म काठमान्डौँमा महासंघको साधारणसभा तथा निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा पुर्वका टंक दुलालको पनि उमेद्धारी छ । उनले बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको टिमबाट उम्मेदवारी दिएका छन् । चन्द्र ढकालको टिमबाट उमेद्धारी दिए पनि किशोर प्रधानको अधिकांश मतदाताहरुले टंक दुलालको पक्षमा भोट मागेको र मतदान गर्न सकुर्लर नै जारी गरेका छन् तसर्थ जित हुन मात्र मतगणना दिन पर्खन बांकी रहेका अर्को इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेलले बताए । हामी जित्छौ ढुक्क हुंदा हुन्छ पौडेलले भने । पुर्व क्षेत्रमा रहेर व्यवसायीको हक हितको क्षेत्रमा काम गरेका दुलालले खुल्ला तर्फ कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दिएका छन् । उनले २०५० सालमा सुनसरीको इटहरीबाट व्यवसाय शुरू गरेका थिए । अहिले उनी आफ्नो व्यवसायबाट देशमा नै स्थापित भएका छन् । उनी अहिले समुदायिक अस्पताल इटहरी र पुर्वाञ्चल मिडिया प्रा. लि. का अध्यक्ष समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.