बर्दिबासमा प्रदर्शनकारीको मृत्यु , कोरानो बिचमै बन्द, कफयू जारी

बर्दिबासमा प्रदर्शनकारीको मृत्यु , कोरानो बिचमै बन्द, कफयू जारी

 

बिराटनगर । स्थानीय प्रशासनले महोत्तरीको बर्दिबासमा प्रदर्शनकारीको मृत्यु भएपछि निषेधाज्ञा लागू गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ। तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ।  प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन्। राजमार्गमा सवारी साधन चलेका छैनन्।  आज बिहानदेखि बिहीबार बिहानसम्मको लागि बर्दिबासमा निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । निषेधाज्ञा जारि गरिएको चारकिल्ला अनुसार बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । एक प्रदर्शनकारीको मृत्यु भएकाले सम्भावित घटनालाई रोक्न निषेधाज्ञा लगाइएको उनले बताए । आइतबार बेलुका हराएकी बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीय बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि आक्रोशित स्थानीयले मंगलबार प्रदर्शन गरेका थिए । बालिकाको शवलाई मुख्य सडकमै राखेर प्रदर्शन गर्दा प्रहरीले चलाएको गोली लागि तीनजना गम्भीर घाइते भएका थिए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *