काठमाडौँ । नेपालमा थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।यससँगै मृतकको संख्या एक हजार ५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यससँगै संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।