स्कारपियो दुर्घटनाबाट ५ जनाको मृत्यु

स्कारपियो दुर्घटनाबाट ५ जनाको मृत्यु

विराटनगर, २ कात्तिक । उदयपुर कटारी नगरपालिका १४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ ९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय  खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय  कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन ।  यसै गरी उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेश बहादुर बि.क. रहेका छन ।

भैरहवाबाट ओखलढुंगा तर्फ आउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो आज विहानको राती १ बजे भदौरे स्थित सिद्धिचरण राजमार्गमा एक्कासी ब्रेक फेल भई सडकबाट  अन्दाजी ९०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परी स्कारपियोमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स्कारपियो चालक रुपन्देहीका २८ बर्षीय पवन खड्का, स्कारपियोमै सवार रहेका मानेभञ्ज्याङकै १८ बर्षीया कल्पना सार्की र ३१ बर्षीया कुमारी सार्की घाईते भएका छन् ।

खड्का र कल्पना लाई थप उपचारको लागी बिराटनगर पठाईएको र कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.