१ करोड भन्दा अधिकको लगानिमा कृषि फर्म, सप्तकोशीमै नमूना बनाइने

वि.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा १ करोड भन्दा अधिकको लगानि रहने पाथिभारा, गाईभैसी, बाख्रा, पशुपंशी कृषी फर्मको शिलान्यास गरिएको छ।
नगर प्रमुख उत्तम कुमार शर्माले फर्मको शिलान्यास गर्नुभएको हो। सप्तकोशी नगरपालिका मै नमुना कृषि फर्म बनाउने लक्ष्य सहित हाल ४ बिघा जग्गा लिजमा लिएर फर्मको शुभारम्भ गरिएको हो। कृषि फर्मको अध्यक्ष तुलाराम लुइटेल , कोषाध्यक्ष सन्तोषि लामिछाने, सचिव जयप्रसाद ढुंगाना, सदस्यहरुमा जयराम ढुंगाना र इन्द्र प्रसाद लुइटेल रहेका छन्। silanyas

ggggकृषि फर्मले निकट भविष्यमा माछापालन र तरकारी खेतीलाई समेत समेट्ने फर्मका अध्यक्ष तुलाराम लुइटेलले बताउनुभयो।

यस्तै शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख उत्तम कुमार शर्माले यस फर्मलाई नमूना फर्मकोे रुपमा विकास गराउन भरपुर सहयोग गरिने बताउनुभयो।

यस्तै कार्यक्रममा फर्मका सचिव जयराम ढुंगानाले कृषिलाई निर्वाहमुखीबाट माथि उठाउन यस्ता योजनालाई सरकारले प्रश्रय दिनुपर्ने बताउनुभयो। यस्तै कार्यक्रमका सहभागिहरुले विगतमा झैँ कार्यक्रमलाई औपचारिकतामा सिमित नगरि प्रभावकारी रुपमा अघि बढ्न सुझाव दिएका थिए।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *