कविता : शुभकामना

कविता : शुभकामना

गौरी, गणेश, सरस्वती, लक्ष्मी, धन कि देवी पनि ।
दुर्गा, काली, भैरबी, उग्रचण्डी, प्राबति  पनि ।
माता मोहिनी, राधा सावित्री, देवी कालरात्री, सीता ।
यी सबै देवि देवताहरुले सबैको दुख कष्ट हटाउन ।
बर्मा, बिष्णु, शिव, इन्द्र सबै स्वर्गका देवताहरु
अग्नि, वायु, चन्र्द, सुर्य, तारा, नक्षेत्रा, तिथिहरु
आकाश, पाताल, धर्र्ती तल, माथि यताउताका सबै
देवी देवताहरुले सबैलाई सधैं रक्षा गरुन ।
नेपालीहरु सबै यताउता देश, विदेश तिर काहरु ।
सबैको मनमा खुसी छावस हर्ष उमंगहरु ।
चाहिएको जति  सबै मिलोस सुख शान्ति संवृद्धिहरु ।
मेलमिलाप, बन्धु, आफन्त समाज समुदाय सबैमा रहोस ।
सोचेको मनकामना सबै पुगोस ठुला साना सबैमा ।
बनोस असली स्वभाव स्वच्छ मन जागोस इमानदारीता
मिलोस खुसी फर्कियोस शान्ति, मुस्कान सबैको ओठमा
सबैको बुद्धि फिर्ता होस भ्रष्ट हरुको नजर नजावोस नोटमा
दुई हजार सतहत्तर सालको चाडपर्व सतर्कता साथ मनाऔ ।
माहामारी रोग मानिससँग काल बन्दै घुमिरहेछ जानौँ ।
घरमै बसेर मनाउ बडा दशै सुन्दर राखि भावना ।
बडा दशै, तिहार, लगायत सम्पूर्ण चाडपर्व हरुको शुभकामना ।
……………
तिलक  थापा
अरुण गाउँपालिका
वडा नं ७ मैदाने
भोजपुर

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *