कविता : समय

कविता : समय

रात दिनको रुपमा घुम्ने समय सदा सदा
रोकिदैन यो कुनै शक्ति, पहुँच ले धेरै बलियो हुँदा ।
समय जसरी बलियो हुन्छ महत्त्व पनि झन धेरै ।
समयलाई खेर नफाली उपयोग गरौं नत्र हेरेको हेरै ।
समयलाई बुझेर चल्ने हरुले धेरै कुरा कमाएको थाहा छ ।
बुझ्नु होस सबै जनाले कुन धनी मानिस ले समय किन्न सक्छ ।
त्यसैले समय धेरै अमल्य हुन्छ यसको ख्याल गरौं ।
समय बितिसक्दा हुन्न केही पनि सहि उपयोग गरौं ।
समयलाई सहि प्रयोग गरौं नफालौ है खेर ।
एक पटक आउछ सबैको शुभ समय बस्दैन पर्खेर ।
गयो समय बगेर त्यो समय कहिल्यै आउदैन है फर्केर ।
पत्याउनै नसके मानिसहरुको बाला पन कसको आयो फर्केर ।
त्यसैले समयमै पुरा गरौ आफ्नो कर्तव्य भए जति ।
यसमा हुन्छ भलो आफ्नो अरुको राम्रो शुभ उन्नति ।
समयलाई बिर्सेर बसिरहे जीवन जानेछ सित्तैमा खेर ।
समयको महत्व कति हुन्छ हेर्नुस एक क्षण सोचेर ।
…………..
तिलक थापा
अरुण गाउँपालिका
वडा नं  ७ मैदाने
भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.