कविता : अरुण वडा नं ७

कविता : अरुण वडा नं  ७

संख्या घरका छन जम्मा दुई सय आठ जति ।
कुनै टोलमा बाक्लो बस्ती कुनैमा पातलो अति ।
बिच बिचमा कतै चौर मैदान फाँट जङ्गलहरु ।
यस्तै छ वडाको भूगोल सानो बाँकी बताउछु अरु ।
तीन वटा छन् बिधालय यसमा शिक्षा बटुल्ने थलो ।
एउटा छ सहकारी संस्था बिचमा गर्छ सबैको भलो ।
प्रा. बि. वारि अनि पारि छ बिचमा एक मा. बि. पनि ।
लिन्छन् शिक्षा बालबालिका निकटमा लगनशील बनी ।
खोला हंङरायो नदि अरुण सिमाना जरायोटार याकु पनि ।
पर्छ बिचमा वडा नं सात नाम सिक्रेटार भनी ।
एउटा छ स्वास्थ्य कार्यलय सबैलाई हित हुने ।
जनताहरुका सेवा दिने वडा कार्यलय बिचमा छ नि ।
संघ संस्था हरु पनि छन धेरै प्रकारका यहाँ
महिला समूह आमा समूह छन टोल टोलमा ।
खेल मैदान पनि छ गतिलो लोभरेको सिरमा
त्यसैको छेउमा छ पोखरी गतिलो आनन्द हेर्दा मा
कृषि सडक सबै टोल टोलमा घुमाइ सकेको छ नि ।
हटाउदै अँध्यारो बिस्तार भयो साथै बिजुली पनि ।
पिउने पानी सकेसम्म सबैको घरमै धारा एक भयो ।
यी सबै सुबिधा समुदायमा हुँदा पिडा पनि कम भयो ।
ठाउँ ठाउँमा छन मठ मन्दिर देवीथान गुफाहरु ।
पाइन्छन धेरै प्रजातिका जङ्गली जनावर चराहरु ।
प्रकृतिले पनि छन भरिपुर्ण रमणीय क्षेत्रहरु
यस्तै छ अरुण को वडा नं सात बाँकी बताउछु अरु
क्षत्री बाहुन राई तामाङ, श्रेष्ठ, दलित जनजातिहरु
छन मिलिजुली बसेका छन् आफ्नै संस्कारहरु ।
लगाउछन् बाली बिरुवा फलफूल माटो सुहाउँदो यहाँ ।
पाल्छन् गाई भैंसी, बाख्रा सुगर माछा कुखुराहरु ।
आँप अम्बा कटहर लिची सुन्तला आरुहरु ।
नास्पाति कागती एबोकाडो स्याउ दारिम अनार अरु।
लगाउछन धेरै खाने फलफूल तरकारी बालीहरु ।
वडाकै आक्रसण मानिने मुख्य वृक्ष रुद्राक्ष पनि ।
हुने गर्दछ वेला बेलामा जनचेतना दिने कार्यक्रमहरु ।
हुन्छ धार्मिक संकृतिक धेरै मेला र पर्वहरु ।
यस्तै छ हाम्रो सात नम्बरवडा जाने जति लेखे ।
राजनीतिक धार्मिक सस्कृतिक ,प्राकृतिक  सबै यस्तै देखे ।
…………..
तिलक  थापा
अरुण गाउँपालिका
वडा  नं ७ मैदाने
भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.