दुई बर्ष पछिको दिक्षान्त समारोहको अन्तिम तयारी पुरा, अब समयमा पुर्वाञ्चल बिश्वबिद्यालयको परिक्षा र रिजल्ड हुनेमा कुनै शंका छैन, – मोहनबहादुर बस्नेत (परिक्षा नियन्त्रक)

दुई बर्ष पछिको दिक्षान्त समारोहको अन्तिम तयारी पुरा, अब समयमा पुर्वाञ्चल बिश्वबिद्यालयको परिक्षा र रिजल्ड हुनेमा कुनै शंका छैन, – मोहनबहादुर बस्नेत (परिक्षा नियन्त्रक)

मोरङ जिल्लाको बबियाबिर्ता गाउं बिकास समितीमा जन्मनु भएका प्राध्यापक मोहन बस्नेत वुवा स्व. टेक बहादुर बस्नेत र आमा जगत कुमारी बस्नेतका माईला छोरा हुन् । बि.स. २०५६ साल देखि नै पुर्वाञ्चल बिश्वबिद्यालयको म्यानेजमेन्ट क्याम्पसमा अध्यापन गर्दै आउनु भएको छ । हाल बिराटनगर–१६ मा स्थायी बसोबास गर्दै आउनु भएका परिक्षा नियन्त्रक बस्नेतले M.Sc. In Logistic Management बिषयमा नर्बेको MOIDE बिश्वबिद्यालयबाट गर्नु भएको हो भने एम.बि.ए. त्रिभुवन बिश्वबिद्यालयबाट गर्नु भएको हो । कुनै पनि कुरामा पुरा गरेको वा नगरेको जांच गरी दिने अवार्ड नै परिक्षा हो तसर्थ हामीले समयमा नै परिक्षा लिने र रिजल्ड समेत समयमा प्रकाशन गर्ने गरेका छौ । अगामी फाल्गुन २२ गते हुने दिक्षान्त समारोहका लागि पुरै परिक्षा नियन्त्रण कार्यालय लागि परेको हुनाले यस समारोहलाई भब्य र सब्य बनाउनका लागि सबै प्रकिया पुरा तयारी भैसकेको छ। यसै सन्दर्भमा परिक्षा नियन्त्रक बस्नेत संग पत्रकार अबिजाल बिष्टले गरेको अन्र्तवार्ताको सारांश यहां प्रस्तुत गरिएको छ ।
१. पुर्वाञ्चल बिश्वबिद्यालयले सेमेस्टर परिक्षाको सन्चालन बिगत बर्ष र अहिले कसरी तयारी गरिरहेको छ ?
ड्ड २ बर्ष अगाडि देखि परिक्षा प्रणालीमा सुधार आएको छ । त्यो भन्दा अगाडि नियमित परिक्षा नहुने र रिजल्ड पनि समयमा नआउने समस्या थियो । बिबिध कारणले त्यो समस्या सिर्जना भएको हुन सक्छ , त्यसको असर अहिले पनि परिरहेको छ । सेमेस्टर सिस्टमको कुरा गर्दा चैत देखि बैशाख महिना सम्म पहिलो, तेस्रो देखि पांचौ बिजोडी सेमेस्टर प्रणालीको परिक्षा हुने गरेको छ भने भदौ महिना देखि दशै तिहार अगाडि सम्म दोस्रो, चौथो देखि आठौ जोडी सेमेस्टरको परिक्षा लिने प्रणालीको बिकास गरेका छौ । गत बर्ष केही आन्दोलनका कारणले परिक्षाको तालिका अनुसार हुन सकेको थिएन तर अब त्यस्तो छैन् । समयमा नै हुन्छ अबिभावकहरुले आफना छोराछारीहरुको समयमा परिक्षा र रिजल्ड हुन्छ भनेर ढुक्क भए हुन्छ ।
२. परिक्षाको रिजल्ड कसरी प्रकासित हुदै आएको छ ?
ड्ड हामीले पहिलेको भन्दा अलिक फरक तरिकाले परिक्षा तालिका बनाएका छौ । पहिलो फेजमा परिक्षा अन टाइम गर्ने तथा दोस्रो फेजमा रिजल्ड अन टाइम गर्ने सिस्टम बनाएको छौ । हामी एक दम कोषिशमा लागेका छौ । हामीले एउटा लक्ष्य के राखेका छौ भने रिजल्ड अन टाइममा निकाल्ने भनेर परिक्षा भएको मितीले ३ महिनामा रिजल्ड निकाल्ने प्रयास गरेका छौ । कुनै कुनै प्रोग्राममा ३ महिना मिट खाएको छैन यो भन्नु पर्दा मलाई दु:ख पनि लागेको छ । लगभग गरेर ३ देखि साढे ४ महिनामा हामीले रिजल्डको मिट हुने गरी परिक्षाको रिजल्ड प्रकासित गरी राखेको छौ ।
३. यत्रो बिशाल बिश्वबिद्यालयमा परिक्षाको समय र रिजल्ड किन मिट हुदैन् त्यो लाजमर्दाे कुरा भएन र ?
ड्ड बिश्वबिद्यालय ठुलो छ हामी सबै मिलेर नै गर्ने हो सिस्टमको बिकास तर हामी संग जनशक्तिको अभाव नै छ । त्यो अनुसारको भौतिक सामाग्री पनि छैन् यो नै मिट हुन नसक्ने कारण हो । तर पनि हाम्रा परिक्षा शाखामा काम गर्ने साथीहरुको कमिटमेन्ट नै परिक्षाको रिजल्डलाई तालिका अनुसार ल्याउन सकेको छौ । पुर्वाञ्चल बिश्वबिद्यालयमा १२ महिना कुनै न कुनै बिषयको परिक्षा भैरहन्छ । तपाईले जुन दिन छैन् भनेर सोच्नु हुन्छ त्यो दिन पनि परिक्षा कुनै न कुनै कलेजमा भैरहेको हुन्छ ।
४. बिश्वबिद्यालयमा परिक्षाको समयमा र रिजल्डको समय तालिका नै भएको कारणले बिद्यार्थीहरुको संख्या घट्दै गएको भन्ने हल्ला छ नी, यो सत्य हो ?
ड्ड यो सत्य होइन किन भने हिजोको छापका कारण अहिले सम्म त्यो दोष देखा परिरहेको मात्र हो । तर अब त्यस्तो छैन् ढुक्क भएर बिद्यार्थीहरुले आफनो कोर्ष अबधि भित्र परिक्षा भई रिजल्ड समेत प्रकासित भै सर्टिफिकेट बिद्यार्थीहरुको हातमा पाएको देख्न सक्नु हुन्छ । त्यही भएर हामी संग धेरै कलेजहरुले सम्बन्धन लिएका छन् । १ सय २३ वटा आंगिक तथा सम्बन्धन कलेजमा ७२ वटा बिभिन्न प्रोग्रामहरु छन् जसमा ६६ वटा त सेमेस्टर प्रणाली र अरु बार्षिक परिक्षा प्रणाली बिषयमा पढाई भैरहेको छ त्यसैको सेरोफेरोमा परिक्षा यस परिक्षा नियन्त्रण कार्यालयले सन्चालन गर्दै आएको छ । इनरोलमेन्ट र ड्र्प आउट गर्नेको सख्या समेत हामी संग रेकर्ड रहेको छ । अरु बिश्वबिद्यालय संग तुलना गर्दा हामी ठिक समयमा परिक्षा लिने गरेका छौ । इनरोलमेन्टका कुरामा निजी कलेजको भौतिक सुबिधा र पढाउने शिक्षक गुणस्तरको आधारमा पनि हुने हुदां हाम्रो बिश्वबिद्यालयमा बिद्यार्थीहरुको संख्या गत बर्ष भन्दा धेर्रै एडमिसन भएको छ ।
५. निजी कलेजहरुले समयमा परिक्षा फाराम र रजिष्ट्रशन नआउने कारणले परिक्षाको तालिका बिग्रेको हो त ?
ड्ड त्यो पनि एउटा कारण हुन सक्छ किन भने एउटै मात्र प्रोग्राम बिषय रहेको कलेजको परिक्षा उनीहरुले फाराम नपठाई गर्न पनि त सकिदैन नी तसर्थ केही केही कलेजका कारणले गर्दा मात्र परिक्षा ढिलो हुने गरेको छ । अनुगमन गर्ने निकायको कमी कमजोरीका कारणले पनि यस्तो हुन गएको हो । त्यस्ता कलेजमा बिद्यार्थीहरुको एडमिसनमा कमी आएको हो । समयमा नै बिद्यार्थीहरुको नाम, रजिष्ट्रेशन फाराम आदि परिक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने हो भने परिक्षा सधै नियमित नै हुने गर्दछ तर त्यस्ता एक दुई कलेजका कारण समग्र बिश्वबिद्यालयलाई दोषी देखाउन त मिल्दैन नी ?
६. पुर्वाञ्चल बिश्वबिद्यालयको परिक्षा अलिक मर्यादीत हुन नसकेको हो की भन्ने हल्ला पनि छ के यो सत्य हो ?
ड्ड सेमेस्टर र बार्षिक परिक्षाको हकमा हेर्दा त्यस्तो छैन् किन भने होम सेन्टर दिने गरेका छैनौ जस्ले गर्दा परिक्षामा अमर्यादि गर्ने बिद्यार्थी र शिक्षकलाई अन द स्पोटमा कार्बाही समेत गरेका छौ । सेन्सेटिभ स्थानमा स्थानीय जिल्ला प्रशासन र प्रहरी संग सहयोग मागेका हुन्छौ । आंगिक कलेजबाट सुपरिटेन्डेन्ट र अबजर्भर समेत परिक्षा हुने कलेजमा पठाउने गरेका छौ । त्यति मात्र होइन आबश्यक परेमा परिक्षा नियन्त्रण कार्यालयबाट उच्च स्तरीय फलाईग टिम समेत जाने गरेको छ । तर जिल्ला भरि एउटै कलेज छ भने स्थानीय प्रशासन संग सहयोग लिएर परिक्षा मर्यादिन बनाउने नै गरको छ ।
७. पुर्वाञ्चल बिश्वबिद्यालयको मेडिकल प्रोग्राम र इन्जिनियरीगं प्रोग्रामको प्रबेश परिक्षामा ठुलो चलखेल नै हुन्छ त्यो भएको पनि छ , के त्यस्तो चलखेल अहिले पनि निरन्तरता छ ?
ड्ड एक दम ठिक राम्रो कुरो उठाउनु भएको छ । ४/५ बर्ष पहिले मेडिकल, फार्मेसी, बि.एन., एग्रिकलचर र इन्जिनियरीगं बिषयको प्रबेश परिक्षामा अनियमिता भएको थियो, त्यो जगजाहेर पनि छ । अख्तियारले समेत छानबिन गरेको थियो । त्यसबेला राजनैतिक तरलताका कारणले पनि यस्तो भयो होला तर अब त्यस्तो प्रणाली हटिसकेको छ । बार्षिक परीक्षालाई समेस्टरमा लगि सकिएको छ । मेडिकल पढ्ने बिद्यार्थीहरु आफै सचेत हुन थालिसकेका छन् उनीहरुको सोच भनेको पढिसके पछि बिदेश नै जाने सोच हुन्छ । नयां जेनेरेशनका बिद्यार्थीहरुले अनियमता गरेर ल्याएको नम्बरले बिदेशमा काम गर्दै भन्ने महसुस समेत गरेका छन् । तसर्थ बिदेशमा सर्टिफिकेट मात्र भएर हुदैन, जान्नै पर्छ टालेन्ट हुनै पर्छ भन्ने सोच बिद्यार्थीहरुमा आएको छ । फेरी प्रबेश परिक्षा परिक्षा नियन्त्रण कार्यालयले कुनै पनि बिषयको प्रबेश परिक्षा लिदैन । यो आपेक्षा परिक्षा नियन्त्रण कार्यालय नगर्दा राम्रो हुन्छ । परिक्षा नियन्त्रण कार्यालयले परिक्षा र रिजल्ड सगंसगै सर्टिफिकेट दिने र दिक्षान्त समारोहको ब्यबस्थापन गर्ने काम मात्र गर्दछ ।
८. बिश्लबिद्यालयको बर्ष भरि हुने परिक्षामा कति बिद्यार्थीहरुले परिक्षा दिई रहेका हुन्छन् ?
ड्ड पहिलो सेमेस्टर देखि आठौ सेमेस्टर सम्ममा एक बर्षको हाराहारीमा ३२ हजार बिद्यार्थी पढिरहेका छन् । त्यही संख्यामा परिक्षा पनि दिईरहेका हुन्द्धन् । कोही ड्रपआउट हुन्छन् भने कोही अन्यत्र पनि जान्छन् । मेडिकलमा परिक्षा दिनेको संख्या घटेको हुदैन र राम्रो छ । इन्जिनियरीगंमा चित्त बुझाउने ठाउं छैन् यसको कुनै तथ्यागं पनि बिश्वबिद्यालय संग छैन् । बिद्यार्थीहरुले परिक्षामा किन सामेल भएन् भनेर बिश्वबिद्यालयले रेकर्ड राख्नु पर्ने हो तर त्यो राखेको छैन् । परिक्षा नियन्त्रण कार्यालयमा भेरिफीकेसन गर्न मात्र आउछन् । बिदेश जानु पर्दा सर्टिफिकेट बिद्यार्थीहरुले आफनो सर्टिफिकेट यो ओरिजन हो भनेर प्रमाणित गर्न आउनु हुन्छ । धेरै बिद्यार्थीहरु बाहिर जानेको यसबाट प्रष्ट हुन्छ । बिश्वबिद्यालयबाट उत्पादित भएको प्राबिधिक बिद्यार्थीहरु धेरै बिदेश जाने गरेका छन् ।
९. तीन सय ६५ दिन नै परिक्षा हुन्छ अनि सबै बिषय र सेमेस्टरमा मौका परिक्षा दिने प्रणाली छ नी, के यो राम्रो हो ?
ड्ड अहिले यो सिस्टम छैन् किन भने केही बर्ष अगाडि सम्म प्रत्येक सेमेस्टरमा मौका परिक्षा दिन पाउने ब्यबस्था थियो तर अहिले प्रोग्रामको अन्तिम सेमेस्टर सकिए पछि भनौ सातौ र आठौ सेमेस्टरको मात्र मौका परिक्षा दिन पाउने ब्यबस्था गरिएको छ । सबैको मौका परिक्षा दिन पाउने ब्यबस्थाले बिश्वबिद्यालयको साख गिराएको थियो किन भने परिक्षा भै नै रहने तर रिजल्ड समयमा नआउने । यसको अर्थ नै भएन नी ।
१०. पूर्वाञ्चल बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह गर्ने तयारी गरिरहेको छ ?
ड्ड हामी अहिले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोहको तयारीको क्रममा छौ । बिद्यार्थीहरुले ल्याउने ग्राउन र ड््रेस गत बर्षहरुमा अरु बिश्वबिद्यालयबाट ल्याएर बिद्यार्थीहरुलाई दिने गरको थियौ तर यस बर्ष देखि आफै यस बिश्वबिद्यालयबाट उत्पादन गर्ने तयारी गरेका छौ । दिक्षान्त समारोहमा आबश्यक पर्ने सबै सम्पुर्ण सामान तयारी गर्ने सोचमा रहेका छौ । बिद्यार्थीहरुको लागि ड्र्ेस लिष्ट, ग्राउन, स्र्काप, टोपी, हयाट ब्यबस्था गर्नु पर्ने भएकोले यस तर्फ परिक्षा नियन्त्रण कार्यालय लागि रहेको छ । दुई बर्ष पछि हुदै गरेको यो दिक्षान्त समारोहमा लगभग ९ हजार बिद्यार्थीहरु सामेल हुनेछन् । यही आगामी फाल्गुन २२ गते दिक्षान्त समारोहका बिभिन्न कार्यक्रम तथा ब्यबस्थापन पुरा भएको छ ।
११. पूर्वाञ्चल बिश्वबिद्यालयले किन दिक्षान्त समारोह गर्दछ के यो आबश्यक हो ?
ड्ड कन्भोकेशन सर्टिफिकेट भनेको ओरिजनल तर साच्चै भन्ने हो भने बिश्वबिद्यालयले बिद्यार्थीहरुलाई दिने अवार्ड हो । अब तिमी बिद्यार्थी यस बिश्वबिद्यालयबाट दिक्षित भयौ भनेर अवार्ड गरेको हो । यो संसार भरिको नियम पनि यही छ । धेरै बिश्वबिद्यालयले के खोज्दछन् भने बिश्वबिद्यालयले दिने प्रोभोजिन सर्टिफिकेट सगै दिक्षित गरेर दिएको सर्टिफिकेट नै अन्तिम ओरिजनल सर्टिफिकेट हो । यो आबश्यक पनि हो र बिश्वबिद्यालयको परिचाहन पनि हो । परिक्षा नियन्त्रण कार्यालयले यस्को सम्पुर्ण ब्यबस्थापन गरिदिन्छ भने दिक्षान्त समारोहको कार्यक्रम सन्चालन भने बिश्वबिद्यालय आफै गर्दछ ।
१२. अन्तमा बिद्यार्थी तथा अबिभावकहरुलाई केही भन्नु छ ?
ड्ड बिश्वबिद्यालयले समयमा नै परिक्षा गर्दछ, जति बर्षको लागि एडमिसन भएको हो, जति बर्षको कोर्षको अबधि हो, त्यति बर्ष भित्र परिक्षा लिएर रिजल्ड समेत प्रकासित गरी सक्ने तालिका बनाएको छ । त्यति बर्ष भित्र सबै सकिने छ । सम्पुर्ण अबिभावकहरु, बिद्यार्थीहरु ढुक्क हुनु होस् परिक्षा र रिजल्डको हकमा हामी समयमा नै सक्ने प्रयासमा छौ राम्रो कामको थालनी शुरुआत गरेका छौ । परिक्षाको लागि सफटेवयर प्रणालीको बिकास गरेका छौ । ३ महिना भित्र रिजल्ड प्रकासित गर्ने नै छौ । निरन्तर सुधार गर्दै जादैछौ निरन्तर सुधारको पक्षमा छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.