नेपाल फाइनान्सको ऐतिहासिक साधारण सभा सम्पन्न

नेपाल फाइनान्सको ऐतिहासिक साधारण सभा सम्पन्न

काठमाडौं, १२ असोज । नेपाल फाइनान्सले एकसाथ ८ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । असोज १० गते शनिबार सम्पन्न उक्त ऐतिहासिक साधारण सभाले संस्थाको चुक्ता पूँजी वृद्धिका लागि १७५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय कमलादीमा शेयरधनीहरुको भौतिक तथा अभौतिक ९भर्चुअल० उपस्थितिको माध्यमबाट २० देखि २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सञ्चालकहरु प्राध्यापक हिरेन्द्र मान प्रधान, चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापति, रोजिना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र सञ्चालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा सो साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारणसभाले संंस्थाको अधिकृत पूँजी १ अर्ब र जारी तथा चुक्ता पूँजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पुर्याउन दिएको निर्देशन बमोजिम नेपाल फाइनान्सले सो निर्णय गरेको हो ।
संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५ हजार ५९४ पुर्याउन १ः१।७५ ९एक बराबर एक दशमलब सात पाँच० को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव उक्त साधारणसभाबाट पारित गराएको छ ।
संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१।२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ। जसअन्तर्गत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको कम्पनीले जनाएको छ ।
हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केही अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलीकरण गर्ने, संचालन जोखिमलाई न्यूनीकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अब आउने दिनहरुमा संस्थालाई आधुनिकीकरण गर्दै लैजाने रणनिति समेत लिइएको नेपाल फाइनान्सका एक सञ्चालक दिप्रश शाक्यले जानकारी दिए।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *