हाेमपेज > फल्यास न्यूज > प्रदेश नं २ सचिव सरुवा प्रकरण, २ बर्षमा ६ सचिव सरुवा

प्रदेश नं २ सचिव सरुवा प्रकरण, २ बर्षमा ६ सचिव सरुवा

प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संघिय सरकारको सचिव सरुवा प्रकरण निजामति कर्मचारी ऐन विपरित भएको भन्दै आपत्ति प्रकट गरेको छ।
मन्त्री शैलेन्द्र प्रसाद शाहले संघिय मन्त्रालयलाई पत्र लेख्दै संघीय सरकारले खटाएका सचिवहरु अवधि पुरा नभई सरुवा गराइएको प्रति ध्यानाकर्षण गराउनुभएको हो। प्रदेश सरकारसँगको समन्वय विना ३—३ महिनाको छोटो अन्तरालमा सचिव सरुवा गराउँदा कार्यक्रम कार्यानवयनमा ढिलासुस्ति भइरहेको उहाँको गुनासो थियो। 118094861_783586019123372_8524121093594652286_n
हालै प्रदेश २ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव विमल निर्मलको सरुवा भई नयाँ सचिवको रुपमा डा. सम्झना काफलेलाई केन्द्रले पठाएको थियो। यस मन्त्रालयमा गत दुइ बर्षमा ६ जना सचिवको पदस्थापन र सरुवा गराइएको छ । प्रदेश सरकारले पटक पटक संंघिय सरकारलाइ औपचारिक तथा अनौपचारिक दुवै रुपमा आग्रह गर्दै आएपनि संघले हस्तक्षेपकारी नीति अवलम्बन गरेको मन्त्री शाहको आरोप छ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com