हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो

हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो

हरिनगरा, सुनसरी । हरिनगरा गाउँपालिकाले आफना गाउँबासीरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा सबै वडाहरुमा राहत बितरण गरेको छ ।
लकडाउनका कारण हरिनगरा गाउपालिका भित्र धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेस्तै यस गाउँपालिका भित्र कृषकहरुको सख्या पनि उत्तिकै छ । सबै बिहान बेलुकाको रोजीरोटीको लागि काम गर्नु बाध्यता रहेकोले सबै वडाहरुमा समानतहले राहत बाडिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले बताउनु भयो । कृषि पकेट क्षेत्र रहेको र श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी ग्रामिण क्षेत्रका बासीहरु ग्रसित देखिएको अध्यक्ष अन्सारीले बताउनु भयो । बिभिन्न बैक, संघसंस्थाहरुले उपलब्ध गराएको अत्यावश्यक सामाग्रीहरु समेत वानडोर प्रणाली अबलम्बन गरी बिपन्नबर्गका परिबार, दैनिक श्रमगरी खाने परिबार र ज्यालादारी बर्गलाई लक्षित गरी समान सुबिधा पाउने उद्धेश्यका साथ बितरण गरिएको प्रमुख प्रसाशकिय अधिकृत कृष्ण बहादुर कार्कीले बताउनु भयो । पालिकाका भित्र रहेका स्वास्थ्य चौकीहरुबाट स्वास्थ्य सेवा समेत उपलब्ध गराइएको छ भने बिभिन्न वडाहरुमा ग्राभेल बाटो समेत तयार गरिएको छ । साना बाटाहरु निर्माणमा उपभोक्ता समिती गठन गरी काम थालिएको छ भने ठुला योजनाहरु टेन्डर प्रकियामा गएको छ । कृषकहरुलाई अनुदान दिएको छ भने पर्यटक क्षेत्रहरुको गुरु योजना बनाउन पालिका लागि परेको प्रशासकिय अधिकृत कार्कीले बताउनु भयो । महिलाहरुको शिप र क्षमता बढाउन केही कार्यक्रम त गरियो तर अगामी बर्षहरुमा यसलाई अझ प्रभावकारी बनाउन सकिने अधिकृत कार्कीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.