स्वास्थय र शिक्षामा बढी जोड भएको प्रदेश १ सरकारको बजेट करिब ४१ अर्ब

स्वास्थय र शिक्षामा बढी जोड भएको प्रदेश १ सरकारको बजेट करिब ४१ अर्ब

बिराटनगर । सातै वटा प्रदेश सरकारले आज आफनो–आफनो प्रदेशमा अगामी आर्थिक बर्ष २०७७/७८ का लागि चालुतर्फ र पूंजिगततर्फ खर्च बिनियोजन गरेका छन् । यसैगरी प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ । यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको जानकारी गराएका छन् ।
उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारले सोच राखको अर्थमन्त्रिले बताएका छन् ।
आगामी बजेटको लागि संघीय सरकारबाट प्राप्त हुने स्रोत मात्र संकुचन भएको छैन चालू आर्थिक वर्षमा प्रदेशको राजश्व संकलन पनि प्रभावित भएको छ । प्रदेश सरकारले ३ अर्ब ८६ करोडको आन्तरिक राजस्व उठ्ने अनुमान गरेकोमा त्यो सवा अर्बमा खुम्चिएको छ ।
गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, आन्तरिक राजस्वमा आएको संकुचन तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड वापतको रकम पनि कम भएकोले चालू आर्थिक वर्षको बजेट ३३ अर्ब मात्रै उपलब्ध हुने प्रदेश सरकारको संशोधित अनुमान छ । बिनियोजित बजेटबारे प्रतिपक्ष काग्रेसले केही असमति जनाए पनि प्रदेश १ का ब्यापारी र समाजिक अभियान्ताले कोरोनाको बेलामा ल्याएको बजेट प्रंशसनिय भएको बताएका छन् तर प्रतिपक्ष काग्रेसले भने प्रतिपक्षको भुमिका निभाउन र जनतालाई गरेजस्तो देखाउनका लागि भए पनि केही बिरोध मात्र गरिएको नेपाली काग्रेसका प्रदेश सदस्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.