– हरेराम विष्ट
०७७ जेठ १३ गते –

कालो अक्षर भैसी वरावर भन्ने उखान छ । उखानमा ‘शिक्षा विहिनता’ को अवस्थालाई तुलना गर्न भैसीलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको छ । तर, त्यहि भैसी शिक्षाको ढोका खोल्न कारक वनेको घट्ना भने धेरैलाई जानकारी नहुन सक्छ । तत्कालिन फत्तेपुर गाविस (सप्तकोशी नगरपालिका) लाई शिक्षाको वाटोमा अग्रसर गराउन त्यहि भैसी गोठालोको अतुलनीय योगदान छ ।

कुनै एक दिन यस्तो आयो, उनी भैसी गोठालो गई दिएको भए सम्भवतः सप्तकोशी नगरपालिकाले शिक्षाको वैभवशाली र समृद्ध श्री गोवर्धन वैरागी जनता उच्च मा.वी. पाउन सम्भव थिएन । एउटा भेसी गोठालो देखि हात्तीको माउतेसम्मको दुःखद र संघर्षशिल जीवन विताएका ती ब्यक्तिको मानस पटलमा कसरी झाङ्गियो होला क्रान्तिकारी शिक्षा प्रदान गरेर यो समाजलाई परिवर्तन गर्ने अठोट ?

सप्तरीको पातो कविलासा निवासी चौधरी समुदायमा जन्मिएका– ज्ञानलाल। एक दाजु र एक भाईसहित साईलो सन्तानका रुपमा जन्मिएका ज्ञानलाल मातापिताको मृत्युपछि भाउजुको संरक्षणमा हुर्किए । उनको दिनचर्या भैसी चराएर वित्यो । तर, एक दिन भैसी चराउन ढिलो हुँदा उनले नराम्रोसँग भाउजुको खप्की खानु पर्यो। उनले त्यसै दिन घर छोडने निधो गरे र तत्कालिन भरौला परगौना (रुपनगर) पश्चिमको जंगल हुँदै चन्द्रनहर (फत्तेपुर) को चन्द्रनहर निर्माण स्थलमा आईपुगे । घरवाट भागिसेपछि जिवन निर्वाहका लागि जरुरी थियो,– संघर्ष । ‘घरै पिडालु, वनै पिडालु’ भने झै कामको खोजी गर्दै जाँदा चन्द्रनहरमा उनी हात्तीको माउतेमा नियुक्त भए । चन्द्रनहर निर्माणाधिन अवस्थामा थियो र हात्तीलाई यातायात तथा ढुवानीको साधनका रुपमा प्रयोग गरिन्थ्यो ।

चन्द्रनहर निर्माणमा खटिएका इन्जिनियर, ओभरसियर तथा प्रशासकहरुलाई भगवतपुर (हालको शम्भुनाथ नगरपालिका) स्थित मुख्य कार्यालयवाट निर्माण स्थल (त्रियुगा हेडवक्र्स) ल्याउने/लाने कार्य हात्तीले नै गथ्र्यो । राणा शासनको कडा प्रशासनिक कानुन भित्र काम गर्ने र भनेको वेला जुनसुकै वेला हात्ती सहित उपस्थित हुनुपर्ने ज्ञानालालको दैनिकी वन्यो। तर उनले माउतेको काममा मात्र आफुलाई सिमित राख्न चाहेनन् । उनले नुन र मट्टितेलको कोटा (डिलर) पनि लिएका थिए । नुन र मट्टितेल खरिद गर्न उदयपुर, खोटाङ्ग, भोजपुर लगायतका पहाडि क्षेत्रवाट आउनेहरुले ल्याएको घिउ खरि विक्रि उनको अतिरिक्त काम थियो । जागिर र विभिन्न काम गर्ने ज्ञानलालले युवाअवस्थामा नै केहि जग्गा पनि जोडे। gobardhan-baba

माउतेको रुपमा काम गर्दा र कर्मचारीहरुको सवारी चलाउदा कहिलेकाहि ज्ञानलाललाई असाध्यै पेट दुख्थ्यो। तर, सिताराम…, सिताराम… भन्दै भगवानको नाम उच्चारण गरेपछि उनको पिडा विशेक हुन्थ्यो । यहि विस्वासले उनलाई भगवानप्रति समर्पित गराउँदै लग्यो । अन्तमा सप्तकोशी नगरपालिका २ (तत्कालिन फत्तेपुर गाविस– २, प्रशाहा) स्थित अखडा कुटिका प्रमुख साधुवाट ज्ञान लिएर उनी पनि साधु वने । भैसी गोठालो, माउते हुँदै ज्ञानलाल चौधरी ‘गोवर्धन दास वैरागी’ मा परिवर्तित भए ।

‘गोवर्धन दास वैरागी’ भएपछि पनि उनी धेरै समय अखडामा टिक्न सकेनन् । ‘जो आश लाग्दो उही जेठाजु पर्दो’ भने झै आफना गुरुसँगै उनको मनमुटाव सुरु भयो । त्यसैले कुटि छोडेर उनी भारत निर्वासित भए । भारतका विभिन्न मठ मन्दिर घुमेर उनले झण्डै १० वर्ष विताए । भारतीय मठ मन्दिरमा जोगी, सन्यासीहरुलाई दक्षिणा दिने चलन थियो । उनले त्यहा चन्द्रनहरवाट र आफनो नीजि नून, मट्टितेलको कोटावाट भन्दा १० गुणा वढि आम्दानी गरे । त्यस मध्ये केहि रकम उनले गोवर्धन वैरागी जनता विद्यालय (हाल गोवर्धन वैरागी जनता उच्च मावी) को भवन निर्माणमा लगाए । वेलाह प्रशवनीका गुणानन्द जिम्दारले दिएको करिव १० कठ्ठा तथा पुर्व मन्त्री जयप्रकाश गुप्ताका पिता श्यामप्रसाद गुप्ता र भरत जोशीले दिएको गरी जम्मा १२ कठ्ठा जमिनमा १४ कोठे विद्यालय भवन निर्माण गरियो । २०३६ सालमा निर्माण भएको भवन निर्माणमा गोवर्धन वावाको एकलौटि लगानी र केहि जनश्रमदान खर्च भएको छ । २०४५ सालको भुकम्पपछि उक्त भवन भने अस्तित्वमा छैन ।

यस वाहेक आफनो कुटि (सत्यनारायण मन्दिर) सहितको साढे ७ कठ्ठा जग्गा समेत गोवर्धन वावाले विद्यालयलाई दान दिए । विद्यालयको कुल जग्गा हाल २५ विगाह पुगेको छ । अन्य जग्गा २०२८ सालमा नापी हुँदा समाजसेवी तथा तत्कालिन प्रधानपञ्च गोविन्द वहादुर वस्नेतले चलाखीपुर्ण तरीकाले विद्यालयको नाममा गराएका थिए ।

विद्यालय संचालनको सकसपुर्ण यात्रा
सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. १ को सवैभन्दा सम्पन्न शैक्षिक संस्थाको रुपमा जिल्लाकै औलामा गन्न योग्य गोवर्धन वैरागी जनता उच्च मावी अस्तित्वमा आउनु भन्दा अगाडिको संघर्षका पाटाहरु र सुरुवातका दिनहरुको लेखाजोखा गरिएन भने हालको गोवर्धन वैरागी जनता उच्च मावीको इतिहाँसको यात्रा र सहयोग संघर्ष गर्ने सहयात्री हिमायतीहरुको योगदान मात्र ओझेलमा पदैन स्वयम् गोवर्धन वावाप्रति अन्याय हुन्छ ।

विसं २०१६ सालमा राष्ट्रिय प्राथमिक विद्यालयको रुपमा स्थापति यो विद्यालय हालको भगवती मन्दिर पछाडि साधारण खरले छाएको भवनमा संचालन गरिएको थियो । यो विद्यालय संचालन हुनु पुर्व सिताराम लालाको घरमा भारत जयनगरवाट आएका रामचन्द्र झा (फत्तेपुर वजार स्थित हनुमान मन्दिरका पुजारीका पिता) र डा. श्रीकान्त (वजारको नहरको डिलमा रहेको सेलर मिलमा क्लिनिक) ले सहयोग गरेका थिए । विसं २०१६ सालमा स्थापित यो विद्यालयका प्रथम ब्यवस्थापन समितिका अध्यक्ष सिताराम लाला थिए । स्थानीय वजारको चन्दा र घरधुरीवाट संकलित वार्षिक ९ मन धानवाट यो विद्यालय संचालन हुन्थ्यो ।

विद्यालयको प्रथम प्रधानाध्यापक तारणी प्रसाद देव (स्वर्गवास) र सहायक प्रधानाध्यापक महिकर चौधरी थिए । विद्यालयलाई यो अवस्थामा ल्याउन उनीहरुको योगदान पनि कम संघर्षपुर्ण छैन । यि दुवै शिक्षकहरुका लागि विसं २०२३ सालवाट नेपाल सरकारले वार्षिक ९ सय रुपैयाँ अनुदान दिन थाल्यो । विद्यालयमा अनुदान आउन थालेपछि तत्कालिन सहायक प्रधानाध्यापक महिकर चौधरीले आफनो ठाउँमा उपेन्द्र शाहिलाई सहायक प्रधानाध्यापकमा नियुक्त गराए । खाईपाई आएको जागिर छोडेर अर्कालाई सुम्पनु चानचुने कुरा थिएन, र उनका लागि पनि यो अवस्था सहज थिएन । तर, विद्यार्थीको चाप, ब्यवस्थापन र कुशल प्रशासनलाई मध्यनजर गर्दै उनले यस्तो कदम उठाए ।

२०२७ सालमा यो विद्यालयलाई स्थानान्तरण गरी सिद्धिपुर (हाल गोविन्द वहादुर वस्नेतको घर पुर्व) पु¥याईयो । त्यसपछि विस्तारै विद्यालयले आफनो स्वरुप पाउन थाल्यो र गोवर्धन वैरागी जनता उच्च मावी हालको अवस्थामा पुगेको छ । जहाँ कक्षा १ देखि स्नातक तह हुँदै कम्प्युटर प्राविधिक शिक्षा समेत पढाई हुने गरेको छ ।

अन्त्यमा
इतिहाँस कथामा मात्र सिमित हुँदैन । यो भविष्य देखाउने प्रभावकारी मार्ग पनि हो । हालको गौरवशाली गोवर्धन वैरागी जनता उच्च मावी वन्नुमा माथि उल्लेख गरिएका वाहेक पनि अन्य धेरै अग्रजहरुले योगदान छ। तर, धेरै नाम अहिले इतिहाँसका पन्नामा मात्र सिमित छन । गर्भुदास चौधरी, लविचन चौधरी, मुखिलाल चौधरी जस्ता दानविरहरुलाई हामीले सम्मान गर्न सकेका छैनौ। यस्ता शिक्षाप्रेमी ब्यक्तित्वहरुलाई आउँदो पुस्ताले चिन्न र सम्झन जरुरी छ ।

अर्कोतर्फ एउटा ब्यापारी जस्ले निजी विद्यालय स्थापना गरेको एक दशक नपुग्दै सुविधा सम्पन्न भवन, यातायात, पुस्तकालय र अतिरिक्त सवै आवश्यक वस्तुहरु जोड्छ र त्यसैको वलमा विकसित देशको नागरिक सरहको जीवन यापन गर्छ । तर, वार्षिक तीन करोडको कारोवार गर्ने गोवर्धन वैरागी जनता उच्च मावीको अवस्था दिनदिनै अधोगतिमा छ भन्दा अत्युक्ति नहोला । विद्यालयको सवै सम्पत्ति ब्यवस्थित हुन सकेको छैन । झण्डै १३ विगाह जग्गा अतिक्रमण भएको छ । जिल्लाकै जेठो मध्येको १ मा पर्ने यस विद्यालयको भौतिक सम्पत्ति आँखै अगाडि दुरुपयोग हुँदा पनि स्थानीय तहका जनप्रतिनिधि वेखवर छन् । यो दुःखद पक्ष त हो नै, विद्यालयको शैक्षिक गुणस्तर सुधारका पक्षमा समेत स्थानीय तहको पहल कदमी निरासाजनक छ । यसतर्फ समयमै चेत फिर्नु जरुरी छ ।