कोरोना भाइरस संक्रमणबाट दोस्रो ब्यक्तिको मृत्यु, मृत्यु हुनेमा बाँके क्वारेन्टाइनका युवक

कोरोना भाइरस संक्रमणबाट दोस्रो ब्यक्तिको मृत्यु, मृत्यु हुनेमा बाँके क्वारेन्टाइनका  युवक

नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी बताए । नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । ति युवकलाई राती तीन बजेतिर वान्ता भएको थियो । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *