थप ७ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

थप ७ जनामा  संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या  २५० पुग्यो

विपी कोइराला, १ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ सय ५० पुगेको उसले जनाएको हो।

यसअघि आजै बिहान ६:१५ बजे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका एक पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।पछिल्लो समय थपिएका संक्रमितमा ४ पुरुष र एक युवती रहेका छन्।संक्रमितहरूमा सर्लाही धानकौल नगरपालिकाका एक ४५ वर्षिय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षिय पुरुष र २० वर्षिया युवती रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी अन्य संक्रमितमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका १६ वर्षिय युवक र ३५ वर्षका एक पुरुष रहेका छन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बुटवलमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरस पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.