कोरोना संक्रमित व्यक्ति मानसिक अवस्था ठीक नभएका , ट्रेसिङमा समस्या

विपी कोइराला, सर्लाही, ३१ वैशाख।  सर्लाहीका कोरोना संक्रमितको मानसिक अवस्था ठिक नभएकाले ट्रेसिङ्मा समस्या भएको छ। ४५ वर्षीय कोरोना संक्रमित पुरुष कहाँ कहाँ पुगे भन्ने विवरण परिवारलाई समेत थाहा नभएपछि ट्रेसिङ् जटिल बनेको छ। संक्रमित हरिपुर गाउँपालिका३ का वासिन्दा हुन्।   सुरुमा संक्रमित पुरुषको जाँच गर्दा नेगेटिभ आएको थियो। पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा नतिजा पोजेटिभ आएको हो। संक्रमित पुरुषका परिवारका सदस्यको परीक्षण गर्ने तयारी गरिएको छ। साथै उक्त गाउँलाई समेत सिल गर्ने तयारी गरिएको छ। मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *