विदेशमा रहेका नेपालीलाई भिसाको म्याद सकिए पनि समस्या नहुने

विदेशमा रहेका नेपालीलाई भिसाको म्याद सकिए पनि समस्या नहुने

३० वैशाख । सरकारले विभिन्न पेशा र व्यवसायमा विदेशमा गएका नेपालीको भिसाको म्याद सकिएकै कारणले कानूनी जटिलता व्यहोर्न नपर्ने जनाएको छ ।विदेशमा कोरोना संक्रमित नागरिकलाई सम्बन्धित देशको नागरिकसरह नै उपचारको व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएकाले उपचारमा समस्या नदेखिएको सरकारको दावी छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै ठाउँमा सहज अवस्था नभएपनि प्रवेशाज्ञाको म्याद सकिएर कानूनी झन्झट व्यहोर्नुनपर्ने व्यवस्था मिलाइएको बताए ।कोरोनाको संक्रमणका कारण बिस्तारै रोजगारी गुमाउनेको संख्या बढ्दै गएको बताउँदै उनले नेपालीहरुले आफ्नो देश फर्कन पाउनुपर्छ भन्नेमा सरकार सचेत रहेको स्पष्ट पारे ।हाल नेपाल फर्कने नेपालीको संख्या पाँच लाख ८८ हजार ७०० हुनसक्ने सरकारको अनुमान छ ।खाडी मुलुकबाट तीन लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने संख्या दुई लाख १० हजार ८७१ रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *