पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा

पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा

बिर्तामोड । पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीसहित छ जनाले राप्रपा परित्यागको घोषणा गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् ।

राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् । साधारण सदस्यता समेत नरहने गरी राजवंशीसहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले पार्टी परित्याग गरेका हुन् ।   पाण्डे क्षेत्र नं. १ का क्षेत्रीय सदस्य र पोखरेल राजगढ पूर्व गाउँ समिति अध्यक्ष हुन् । पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री समेत रहेका राजवंशी सहित छ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

लामो समयसम्म आफूहरु राष्ट्र, राष्ट्रिय र स्वाधिनताको पक्षमा काम गर्दै आए पनि पार्टीको भावना नीति विपरित काम अघि बढेको भन्दै आफूहरुले राजीनामा दिएको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.