विपी कोइराला, २४ बैशाख । नेपालका विद्यालयहरुमा फेरि संस्कृत भाषा पठनपाठन शुरु हुने भएको छ।
तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीले संस्कृतको पुस्तक जलाउँदै नपढाउन बिद्रोह गरेपछि पठनपाठन बन्द भएको थियो। विसं २०५८ अघि कक्षा ४ देखि ८ सम्म ५० पुर्णाङ्कको सरल संस्कृत विषयको पठनपाठन हुने गरेको थियो। अब भने कक्षा १ देखि ८ सम्म १०० पुर्णाङ्कको हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। पहिलो चरणमा यसै शैक्षिक सत्रदेखि संस्कृत अध्यापन गर्ने गरी काम भएको बताइएको छ।

संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो। पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपूस्तक चालु शैक्षिक वर्षदेखि नै लागु गर्ने गरी तयार पारिएको हो । केन्द्रले केन्द्रीय तहबाट नेपाली, अङ्ग्रेजी, गणित र सेरोफेरो गरि चार विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्ने गरेको छ  ।

स्थानीय तहले मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गर्न सक्ने व्यवस्था छ। मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार नपार्ने स्थानीय तहले कक्षा १ गतेदेखि ८ सम्म संस्कृत भाषा पठनपाठन गराउन सक्ने व्यवस्था रहेको बताइएको छ। वैज्ञानिक खोज अनुसन्धानमा सक्रिय अमेरिकी संस्था नासाले संस्कृत भाषामा कम्प्युटरको निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता बढ्न थालेको छ । सन् २०३० सम्म संस्कृत भाषामा कम्प्युटर ल्याउने गरी नासाले काम गरिरहेको छ। सन् २०३४ मा संस्कृत भाषामा प्रयोग गरिने कम्प्युटर बजारमा आइसक्ने छ।

अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृतमात्र रहेछ भनी वैज्ञानिकको संस्था नासाले प्रमाणित गरिसकेकाले पनि विश्वमै संस्कृत भाषा पठनपाठनको क्रम बढ्न थालेको विज्ञहरुको भनाइ छ। प्रविधिका माध्यमबाट अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको नासाको बुझाइ छ । अब संस्कृत भाषा नजान्नेले प्रविधिको दुनियामा काम गर्न नसक्ने दिन आउने भएकाले भाषा सिक्न अनिवार्य रहेको विज्ञहरुको ठहर छ।  यसैको  परिणाम स्वरुप हाल बेलायत, जर्मन र अमेरिकाका विभिन्न विद्यालयमा संस्कृत भाषाको पठनपाठन धमाधम भइरहेको छ ।