कोरोना संक्रमण मुक्त ६ भारतीय डिस्चार्ज, सफल उपचारका लागि कृतज्ञता

कोरोना संक्रमण मुक्त ६ भारतीय डिस्चार्ज, सफल उपचारका लागि कृतज्ञता

विराटनगर, २४ वैशाख। उदयुरको त्रियुगा न.पा. ३ भूल्केको मस्जिदमा भेटिएका १२ संक्रमित मध्ये ६ जना कोरोना भाइरसको संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरु विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत थिए। बुधबार विहान डिस्चार्ज भएका उनीहरु क्रमिक रुपमा २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान, २६ वर्षीय मोहम्वद राशिद र ३० वर्षीय अनुस जैदी, रहेका छन् । भारतको दिल्ली घर भएका उनीहरुले अस्पतालले प्रदान गरेको सेवा प्रति कृतज्ञता प्रकट गरेका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई विराटनगर १५ स्थित एक मस्जिदमा एकान्तवास पठाइएको छ । हाल नेपाल–भारत दुवैतर्फ लकडाउन जारी रहेका कारण तत्काललाई मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने बताइएको छ उपचार केन्द्रमा अझै २५ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ६ जना भारतीय जमाति हुन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *