राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन संवाद,कोरोना विरुद्ध लड्न सहयोग गर्ने

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन संवाद,कोरोना विरुद्ध लड्न सहयोग गर्ने

काठमाडौं, १६ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन संवाद भएको छ । सो क्रममा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै कुराकानीका क्रममा सम्बन्धि देशका सरकारले चालेका कदमका बारेमा पनि छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोरोना विरुद्ध लड्न लिएको  प्रयासको प्रशंसा गर्नुका साथै विश्वमा कारोनासँग संघर्ष गरी रहेका मुलुकहरुलाई चीनलेको सहयोगको पनि प्रशंसा गर्न भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिउत्तरमा चिनियाँ राष्ट्रपतिले नेपालमा सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लिएको चुस्त र दरिलो नीतिको प्रशंसा गर्नुका साथै यसको नियन्त्रणका लागि चिनियाँ सहयोगको सुनिश्चितता दिलाउनु भएको थियो । चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मृर्गौला प्रत्यारोपण पूरा गरी काममा फर्कनु भएकोमा खुशी व्यक्त गर्नुका साथै उहाँको सुस्वास्थ्यको कामना गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.