रित्तै काठमाडौं फर्किनुपर्ने गाडीहरुमा यात्रु चढ्न थालेपछि फिर्ता पठाइयो

रित्तै काठमाडौं फर्किनुपर्ने गाडीहरुमा यात्रु चढ्न थालेपछि फिर्ता पठाइयो

विपी कोइराला, काठमाडौं । काठमाडौं बाहिरबाट आएका सवारीसाधन खाली आउनुपर्नेमा यात्रुहरु समेत प्रवेश गर्न खोजेपछी सवारी साधनसहित फर्काइएको छ।
सोमबार बिहान चार-पाँच वटा बस नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा हरेक बसमा करिब एक दर्जन यात्रु भेटिएकाले फर्काउन थालिएको हो।
उनीहरुलाई बस सहित नागढुंगाबाट प्रवेशमा रोक लगाई फर्काईएको महानगरिय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले जानकारी दिए ।
काठमाडौं जिल्ला बाहिर जान चाहनेलाई सम्बन्धित नगर/गाउँपालिकाहरुको समन्वयमा बिभिन्न बसमा जिल्ला पठाउने गरिएकोमा सोही बस काठमाडौं भित्रिने क्रममा खाली आउनुपर्नेमा यात्रु भरेर ल्याउने गरेकाले फर्काईएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ । बसमा आएका यात्रुहरु काठमाडौें घर भएका र बिभिन्न जिल्लामा फसेकाहरु रहेको बुझिएको छ । लकडाउनको समयमा सीमानाकामा कडाई गरेको सरकारले काठमाडौंबाट बिभिन्न जिल्ला बाहिर जानमा रोक लगाएतापनि कुनै पनि सर्वसाधारणलाई काठमाडौं प्रवेश गर्न दिईएको छैन ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *