लकडाउनमा वडा न. ६ ले ३ हजार ३ सय परिबारलाई राहत बितरण

लकडाउनमा वडा न. ६ ले ३ हजार ३ सय परिबारलाई राहत बितरण

निर्मला सुबेदी, बिराटनगर । बिराटनगर महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने श्रमिक, मजदुर र बिपन्न परिबारलाई वडा सदस्य तथा कार्यपालिका सदस्य जनप्रतिनिधी चम्पा खत्री (कार्की)को सयुक्त जनप्रतिनिधी टोलीले राहत बितरण गरेको छ । 93006215_2468261146818114_8224988244446543872_n
बिराटनगर महानगरपालिकाको सहयोगमा ६ नम्बर वडा कार्यालयको सहकार्यमा रामपुर, सुन्दरटोल, सरौचिया, अमननगर, बिएफएम क्षेत्र, बुधचोक, लालिगुराँस मंगुलबाबा टोल, बह्रमपुरा टोल लगायत बडा भित्र रहेका सबै क्षेत्र समेटिने गरी राहत बितरण गरेको हो । वार्ड कार्यालयले सर्बदलिय बैठकबाट राहत पाउने र दिनु पर्ने परिबारको नाम संकलन गरी शुरुमा टोकन बितरण प्रणालीबाट राहत बितरण गरिएको वडा अध्यक्ष बिजय कामतले बताए । संकलन गरिएका घरधुरीले कुपन लिएर वडा कार्यालय परिसरमा आएर लकडाउनको मापदण्डमा उभिएर ३ हजार २ सय ९६ परिबारलाई राहत स्वरुप प्रति परिबार १२ केजी चामल, डेट केजी दाल, एक पोका खाने तेल, १ केजी नुन, एउटा हातधुने साबुन बितरण गरिएको जनप्रतिनिधी चम्पा खत्र्री(कार्की)ले बताउनु भयो । नाम छुटेकालाई पुन नाम संकलन गरेर दातृ निकायको खोजी गरी उनीहरुलाई पनि राहत बितरण गर्ने अभियान रहेको सदस्य कार्कीले बताउनु भयो । यसको लागि सबैको सहयोग र सहकार्य जरुरी छ । सहयोगी हातहरुको कोमल मनले मात्र यो बिश्वमहामारीबाट हामी हाम्रो वडाको जनसमुदायलाई बचाउन सक्छौ तसर्थ आफु पनि बाचौ र अरुलाई पनि बचायौ भन्ने मुल नाराका साथ सबैको सहयोग आबश्यक रहेको कार्कीले बताउनु भयो । लकडाउनको पुर्ण पालना गरौ वडाबासीहरु आफनै घर भित्र बसौ र अरुलाई पनि बसायौ अपिल समेत ६ नम्बर वडा कार्यालयका वडाअध्यक्ष बिजय कामतले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.