अाइजिपीमा नियुक्ति भएका चन्दको पद धराप

अाइजिपीमा नियुक्ति भएका चन्दको पद धराप

काठमाडौं । सर्वोच्च अदालतले बरिष्ठतामा तेस्रो बरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

चन्दलाई आइतबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षकमा नियुक्त गरेको थियो। एकै मितिमा प्रहरी निरीक्षकमा भर्ना भई हाल डिआइजी रहेका सबैको कार्यसम्पादन फाइल मगाउने आदेश दिएको छ। प्रहरी नियमावली २०७१ को नियम ४१ बमोजिम जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्नै स्क्ने कुशलता र आफू भन्दा मुनीका प्रहरीलाई प्रत्साहन र परिचालन गर्न सक्ने सामथ्र्य जस्ता मापदण्डहरु पलना बाध्यात्मक रुपमा हुनु पर्ने संवेदनशीलता रहेको आदेशमा उल्लेख छ ।

आईजीपीका दाबेदार डीआईजी नवराज सिलवालले पनि आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै आइतबार नै सर्वोच्चमा रिट दायर गरेका छन् ।अन्तरिम अादेश जारी भएसँगै अाजै अाइजिपीमा नियुक्ति भएका चन्दको पद धरापमा परेको छ।

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *