प्रदेश १ मा ४६ मध्ये ३० जनाको नेगेटिभ, १६ जनाको रिर्पोट आउन बाँकी

प्रदेश १ मा ४६ मध्ये ३० जनाको नेगेटिभ, १६ जनाको रिर्पोट आउन बाँकी

बिराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड(१९)को आशंकामा ४६ जनाको नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ का डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना छन् । मेहताका अनुसार झापाबाट ५ जना, मोरङबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, ते¥हथुमबाट २ जना , सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमूना संकलन गरिएको जनाए ।नमूना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । १६ जनाको रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले बताए । यस्तै प्रदेश १ मा अहिलेसम्ममा ७ जना आईसोलेसनमा भर्ना भएका छन् । यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई कोरोना नियन्त्रण संवन्धि विभिन्न सामाग्रीहरु वितरण गरेको छ । मन्त्रालयले पीपीई सेट २ सय ९७ थान, आईआर थर्म्मिटर १६ थान, सर्जिकल मास्क २२ हजार १ सय ५० थान, ग्लोब्स १८ हजार ५ सय २६ थान, ह्याण्ड सेनिटाईजर ८ सय १८ थान र पीपीई गाउन ३५ वटा वितरण गरेको प्रवक्ता डा. मेहताले बताए ।
यसैवीच प्रदेश १ का स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक बन्द गरेको भन्दै अविलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिईएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपनि कतिपय स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अबिलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
प्रदेश १ मा हालसम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.