युवाहरुको समुहले कटहरीका अध्यक्षलाई बुझाए – चामल,दाल, नुन आदि

कटहरी । कटहरी गाउंपालिकाका समाजसेवी युवाहरुको समुहले गाउंपालिकाका अध्यक्ष रामकुमार कामतलाई राहत बितरण बिरोध स्वरुप चामल, तेल, चिउरा तथा अन्य खाध्यपदार्थ पालिकाका अध्यक्षको घरमै लगेर प्रदान गरेका छन् ।
अध्यक्ष कामतले राहत बितरण गर्न ढिला गरेको, बितरण गरेपनि पार्दशिता नभएको, दैनिक ज्यालादारी गर्ने ब्यक्तिहरुको तथ्यागं संकलन समेत नगरेको, महामारीबाट बच्ने उपायहरुको न्युनतम मापदण्ड समेत गाउँपालिकाले नगरेको हुनाले युवाहरुको समुहले प्रतिकात्मक स्वरुप बिरोध गर्दै २५ केजी चामल, तेल, नुन, अधुवा, प्याज, चिउरा, भुजा, दाल लगायत अन्य दैनिक खाध्यबस्तु गाउंपालिकाको कार्यालयमा नभेटे पछि अध्यक्षकै घरमा लगेर उपलब्ध गराएको अभियानका संयोजक अनिल कुमार साहले बताएका छन् । पटक पटक फोन मार्फत हामीले भनौं–अध्यक्ष ज्यु यो गाउँपालिकामा धेरै दैनिक रोजगारी गर्ने ब्यक्ति छन् , बिप्पन परिबार छ, खान समस्या भैसक्यो, हामीले ढिलो गरेयौ भने लुटपाट मच्चिन सक्छ, भोक भोकै यस गाउँपालिकाका बासिन्दाहरु मर्न सक्छन् अर्का युवा समुहका अगुवा हरिदेब कामतले बताए । हामीलाई सहयोग गर्नु होस् या हामी तपाईलाई सहयोग गर्दछौ यो अभियानमा राज्यले गरेको लकडाउन भरि केही न केही गर्नु पर्छ भन्दा हाम्रो कुरा सुन्नै मानेन बरु अध्यक्षज्यु आफै सुरुक्षित भएर निस्कन मान्नु भएन् । घरबाट निस्कनु भएन अनि हामी १ र २ नम्बर वडाबासिन्दाहरुको युवा समुह मिलेर अध्यक्षकै घरमा लगेर सामान बुझाएका छौ यदि हाम्रो कुरालाई सुनवाई भएन भने २ नम्बर वडा अध्यक्ष समेत बिरोध गर्नेछौ । बिरोध स्वरुप लगिएको सामान समेत बुझन आउनु भएन् यो महामारी अभियानमा अध्यक्षज्युले गर्नु पर्ने भुमिका सुन्य रहयो तसर्थ हामी युवाहरु मिलेर केही पैसा साथीहरु बिच उठाएर खानेकुरा बाड्न थालेका छौ । ब्यक्तिगत रुपमा उठाएको पैसाले कति दिन धान्न सक्छ र ? राज्यको स्थानीय निकाय अनि जनताले भोट हालेर पठाएको जनप्रतिनिधी नै यसरी भागे पछि के होला हाम्रो गाउँबासीहरुको अबस्था ? हामी चिन्तीत छौ भन्दै अर्को युवा कनैयालाल चौधरी बताए । हामी गाउँबासीहरुलाई राहत बितरण गर्ने तर्फ लागेका छौ, तथ्यागं वडाहरुले तयार गर्देछ यो महामारी अभियानबाट कसरी सुरक्षित हुने तर्फ जनचेतना माईकिगं आदि लगायतका कामहरु गरिदै आएको गाउंपालिकाका अध्यक्ष कामतले बताए ।
Leave a Reply