सप्तरीको सप्तकोशी नगरपालिकामा चैत्र २१ सम्म हाटबजार बन्द हुने

सप्तरीको सप्तकोशी नगरपालिकामा चैत्र २१ सम्म हाटबजार बन्द हुने

विपी कोइराला, सप्तरी, ९ चैत्र
सप्तरीको सप्तकोशी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै हाट बजार बन्द गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री के.पी. शीर्मा ओलीले देशको नाममा गरेको सम्बोधन बमोजिम भिडभाड हुने किसिमका कार्यहरु नगर्न नगरपालिकाले आग्रह गरेको हो। नगरपालिकाको विपत व्यवस्थापन समितिको २०७६ चैत्र ९ गतेको निर्णय अनुसार नगरपालिका भित्रका हटियाहरु २०७६ चैत्र २१ सम्म बन्द हुने भएको हो। सप्तकोशीका फत्तेपुर हटिया, मंगल हटिया, भगनी हटिया र बलार्दह हटिया बन्द हुने भएको हो। कोरोना भाइरसको बढ्दो विश्वव्यापी त्रास र नेपालमा संक्रमणको संभावनालाई मध्यजनर गर्दै यस्तो निर्णय भएको नगरपालिका अधिकृत ललन कर्णले बताउनुभयो। यस्तो छ नगरपालीकाले जारी गरेको सुचना………(तल क्लिक गर्नुहोस)

 

suchana-final

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *