सप्तकोशी नगरपालिकाको अनियमितता रोक्न संघर्ष समिति गठन

सप्तकोशी नगरपालिकाको अनियमितता रोक्न संघर्ष समिति गठन

final-onlingवि.पी. कोइराला, सप्तरी, ३ चैत्र,
सप्तरीको सप्तकोशी नगरपालिकामा भइरहेका अनियमिता रोक्न युवाहरुले संघर्ष समिति गठन गरेका छन्। नगरमा भएका भ्रष्टाचार, अनियमितता तथा अबैधानिक गतिबिधि रोक्न आवश्यकता अनुसार संघर्ष समिति मार्फत तथा निकट भविष्यमा उपभोक्ता मञ्च गठन गरि अघि बढ्ने भन्दै सप्तकोशीका युवाहरु एकजुट भएका हुन। हाल गठित संघर्ष समितिको संयोजकत्व सर्वसम्मतिमा अनिल पराजुलीले गर्ने भएका छन् । संयोजक पराजुलीले संगठनमा तागत रहेको भन्दै बौद्धिकता, बाहुबल र जनबलको संयोजनमा समितिले नगरका हरेक गतिबिधिमा चेक एण्ड ब्यालेन्सको कार्य गर्ने बताए। कार्यक्रममा दुइ दर्जन भन्दा अधिकको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागिहरुले कानूनी रुपमा बिधि र प्रक्रियाबाटै अघि बढेर कार्य गर्ने बताएका थिए।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *