प्रदेश नं. १ का तीन जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन शुरु

प्रदेश नं. १ का तीन जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन शुरु

विराटनगर, २६ माघ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७६ प्रदेश नं. १ का तीन जिल्लामा हिजोबाट शुभारम्भ भएको छ । प्रदेश नं. १ का मोरङ, झापा र धनकुटामा कार्यक्रम शुरुवात भएको हो । यि तिन जिल्लामा हात्तीपाइले रोग निवारणका लागी नवौँ चरणमा औषधि सेवन कार्यक्रम शुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा हात्तीपाइले रोग निवारण समितिका संयोजक नरेश पोखरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । हात्तीपाइले रोगले मानिसमा अङ्गभङ्ग नहोस भनेर यो कार्यक्रम गरिएको र यसले कुनै साइटइफेक्ट नगर्ने स्वास्थ्य कार्यलय मोरङका राजेन्द्र चौधरीले बताउनुभयो । हिजो विभिन्न ठाउँमा बुथ राखेर औषधि सेवन गराइएको र आजवाट घरघरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको स्वास्थ्य कार्यलय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । औषधि सेवन गरिसकेपछि पेटमा केहि परजिवी भएमा सामान्य पेट खुख्ने, वाकवाकि लाग्ने सम्भावना भएपनि पछि सामान्य भएर जाने स्वास्थ्य कार्यलय मोरङका रामकुमार लामाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.