स्कुलमा जिवन उपयोगी तालिम सम्पन्न–बिद्या भुमि स्कुल

स्कुलमा जिवन उपयोगी तालिम सम्पन्न–बिद्या भुमि स्कुल

पबित्रा ढकाल, बिराटनगर । विद्या भूमि स्कूल बिराटनगर–५ मुनालपथले आफनै अध्ययनरत बिद्यार्थीहरुलाई दुई दिने जिवन उपयोगी सिपमूलक तालिम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा पाँच सम्मका विद्याथीहरुलाई समावेश गरिएको थियो । विद्यार्थीहरुमा आत्मानिर्भर हुनुपर्छ र आफूले गर्न सक्ने काम आफै गर्नुपर्छ । बिद्यालयमा सिकेका कुरा घरमा समेत लागु गर्न प्रोत्साहन साथै हौसला बढोस भन्ने हेतुले यो कार्याक्रमको आयोजन गरिएको पराग ढुंगानाले बताउनु भयो ।b1

मंसिर १२ र १३ गते भएको सो कार्यक्रममा सना–साना बालबालिकाहरूलाई अनौपचारीक सम्बोधन गर्ने तरिका, आफ्नो सरसफाई आफै गर्ने सिकाई, लुगा सफा बनाएर मात्र लगाउनु पर्छ त्यो पनि आफैले भन्ने ज्ञान, घरमा आमालाई किचेनमा सघाउने तरिका, किताबको गाता आफै लगाउने तरिका, लुगा लगाउने,फूलबारी बनाउने लगायतका तालिमहरु दिन सुरु गरेको स्कूलले जनाएको छ । बिद्याथिहरु पढ्ने मात्र होइन सिक्ने वातावरण निर्माण गर्नका लागि यो तालिम आयोजना गरिएको स्कूलका पिन्सिपल ढुंगानाले बताउनु भयो । बिद्यालयले पढाउनुका अतिरिक्त अन्य कृयाकलाप समेत ध्यान दिएको हुनाले बिद्यार्थीहरु आत्मनिर्भर बनेका र घरमा हामीलाई सघाउन थालेका साथै नानीहरुले रुने, घुर्काउने लगाउत खाजाका लागि पैसा लाने जस्ता कृयाकलापमा कमि आएको कक्षा १ मा अध्ययनरत कृपासु गुरागाईंका अभिभावक पबित्रा ढकालले बताउनु भयो । स्कुलले दिएको र गरेको कृयाकलापबाट हामी अभिभावक खुशी नै भएको समेत ढकालले प्रतिक्रिया दिनु भयो । बिद्यालयले अन्य बिषयमा समेत कक्षा नर्सरी देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई सामेल गराउन थालेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *