मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान

मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान

बिराटनगर । मुख्य मन्त्री शेरधन राईले प्रदेशस्तरीय मार्च पास गर्ने बिद्यालयहरुलाई सम्मान गरेका छन् ।
आज बिराटनगरको रंगशाला स्थित बिभिन्न बिद्यालयहरुले आफनो झाकी र बिद्यालयको पोशाकमा सजिएर आएका बिद्यार्थीहरुले मार्च पास गरेका थिए जसमा सामुदायिक बिद्यालयहरुबाट चौथो स्थानको पदक लिन सफल भएको शैनिक आबासीय बिद्यालय धरान रहेको छ । प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले बिद्यालय स्तरबाट नै मार्च पास सिकाउन लगाउने र अनुसासित सस्कृतिको बिकास गर्नु पर्ने बताएका छन् । vlcsnap-2019-09-20-16h05m11s351९० जना बिद्यार्थीहरुले आफनो मार्च पास प्रस्तुत गरेका थिए । धरानमा रहेको आबासिय बिद्यालयले अतिरिक्त कृयाकलापहरुलाई ध्यानमा राखेको छ । बिद्यार्थीहरुको रुचि अनुसार शारिरीक ब्यायामलाई अनिबार्य गरेको छ । समयलाई बढी ध्यानमा राखेर उनीहरुलाई बिहानै देखि बिभिन्न कृयाकलाप संगसगै अतिरिक्त कक्षा समेत सञ्चालन गरेको बिद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा सरकारी तथा निजी बिद्यालयका बिद्यार्थीहरुले नांच प्रस्तुत गरेका थिए भने बिभिन्न जातजातीका झाकीहरु समेत प्रस्तुत गरेका थिए ।
संविधान दिवसको अवसरमा प्रदेश एक सरकारले प्रदेश भित्रका तीन विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा २४ औँ पटक सगरमाथा आरोहरण गरि २५ औँ पटकमा सन्यास लिने घोषणा गरेका सगरमाथा आरोहि कामरिती शेर्पा, अल्ट्रा धाविका मिरा राई र राष्ट्रगानका रचयीता प्रदीपकुमार राई (व्याकुल माइला) लाई नगद ५÷५ लाख प्रदान गरिएको छ । 956
समारोहमा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तम्बाहाङ, सभामुख प्रदिपकुमार भणडारी, सरकारका अन्य मन्त्रीहरु, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतको सहभागीता रहेको थियो ।
विराटनगर स्थित आदर्श माविबाट विहान प्रभातफेरीपश्चात शहीद रंगाशालामा विशेष समारोहको आयोजना गरिएको थियो । त्यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र विराटनगरको महेन्द्र चौकमा राखिएको ठुला आकारको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेका थिए ।
सर्वसाधारणको सहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपुर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हाते झण्डा निर्माण तथा प्रचार प्रसार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.