संविधान संशोधन देशलाई खण्डीत गर्ने खेल: केपी ओली

संविधान संशोधन देशलाई खण्डीत गर्ने खेल: केपी ओली

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले देशलाई खण्डीत गर्ने खेलको रुपमा संविधान संशोधन प्रस्ताव आएको बताउनुभएको छ।
सोमबारबाट सुरु एमाले भ्रातृ संगठन युवा संघको केन्द्रिय बैठकमा बोल्दै ओलीले मुलुकलाई खण्ड–खण्ड पार्ने उद्देश्यले संशोधन प्रस्ताव आएको दाबी गर्नुभयो। उहाले भन्नुभयो “संविधान संशोधनको प्रस्ताव बारे प्रष्ट पार्न  युवाहरु तराई मधेस अभियानमा केन्द्रित हुनुपर्‍यो”।

     अध्यक्ष ओलीले फागुन २१ देखि पार्टीले गर्न लागेको तराई मधेस अभियानबारे प्रशिक्षण दिनुभएको हो। संविधान संशोधन लगायतका विषयमा सरकारले जनतामा भ्रम छरिरहेको भन्दै राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्न उहाले युवालाई निर्देशन दिनुभयो हालको सत्ता गठबन्धन दक्षिणपन्थी र आपराधिक खालको भएको आरोप लगाउादै ओलीले यसको मुख्य उद्देश्य चुनाव नगराउने र मुलुकलाई सधैं लम्पसारकै अवस्थामा राखिराख्ने भएको बताउनुभयो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *