महिला सशक्तिकरण, महिला विकास उद्देश्य-रोटरी क्लब अफ बिराटनगर डाउनटाउन

महिला सशक्तिकरण, महिला विकास उद्देश्य-रोटरी क्लब अफ बिराटनगर डाउनटाउन

ऋषिता देव, बिराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउन सामाजिक सेवामा संलग्न महिलाहरुको एक संस्था हो । बिराटनगरमा समाज सेवा गर्ने उद्देश्यले सञ्चालन भएको रोटरी क्लब अफ बिराटनगर डाउनटाउनको १५औँ अध्यक्षको पदमा नियुक्त भएकी छन् अर्चना तापडिया । विगत १३ वर्षदेखि रोटरी क्लब अफ बिराटनगर डाउनटाउनमा सक्रिय रहेकी तापडियाले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा र महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने योजना रहेको जानकारी दिनु भएको छ ।
67679756_1352572844906507_651643390315724800_nपद तथा गोपनियताको सपथ लिएपछि अध्यक्ष तापडियाले आफ्नो कार्यकालमा गरेको पहिलो काम रोटरी आरोग्य मिशनको शुरुवात रहेको बताउनु भयो । रोटरी आरोग्य मिशन अन्तर्गत बुद्धनगरको धूनी गाउँमा महिनाको दुई पटक निः शुल्क बहिरंग सेवा सचालन भइरहेको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलसँगको सहकार्यमा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले यो शिविर आयोजना गरेको हो । साथै महिनाको एक पल्ट ठूलै शिविर गर्ने उद्देश्य बोकी गत शुक्रबार ४ जना डाक्टरहरु र एक जना रेडियोलोजिस्ट गरी ५ जना टिम नै लगेर क्याम्प सञ्चालन गरी ५०० जना बिरामीहरुको निः शुल्क जाँच गरेर औषधी बितरण पनि गरेको छ ।
महिला सशक्तिकरणको क्षेत्रमा हेर्नुपर्दा महिलालाई आत्मनिर्भर बनाउन तापडियाको अध्यक्षतामा रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले एबिसि नेपालसँग सहकार्य गरेर एबिसि नेपालकै कार्यालयमा महिलाहरुका लागि आधारभूत सौन्दर्य तालिम सञ्चालन गरेको छ । सि.टि.ई.भि.टि बाट मान्यता प्राप्त प्रशिक्षकले २५–२५ जना महिलाहरुलाई दुई ब्याचमा आधारभूत सौन्दर्य तालिम प्रदान गरिरहेको छ । अध्यक्षतामा आएको एक हप्ता भित्रै उक्त तालिमको शुरुवात गरेको अध्यक्ष तापडियाले हाम्रा सञ्चारकर्मीलाई बताउनु भयो ।
‘रोटरी ईन्टरनेशनल एक यस्तो पारदर्शी संगठन हो जसलाई समाजसेवाको एक असल र राम्रो माध्यमको रुपमा लिइन्छ,’ तापडियाले भन्नुभयो ।
रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले हालै बिराटनगरमा रोटरी ट्रेड फेयर (तीज मेला) को आयोजना गरेको थियो ।67870683_517907929015378_2090380911043411968_n बिराटनगरका मेयरद्वारा उद्घाटन भएको मेलामा ३० वटा भन्दा बढी स्टलहरु राखिएको थियो । उक्त मेलालाई सफल पार्न अध्यक्ष तापडिया लगायतको टिम जोडतोडका साथ लागि परेको थियो ।
त्यसैगरी आदर्श माध्यमिक विद्यालय, बिराटनगरमा सेरेब्रल पालजी बेबी डे केयर सेन्टर सञ्चालन गरेको छ रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले । यस डे केयर सेन्टरमा मस्तिष्क पक्षघातबाट पिडित ६ देखि १४ वर्षसम्मका १५ बालबालिका छन् । ती बालबालिकाहरुको खानपान लगायतका सम्पूर्ण खर्च उठाएको छ रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले । मोरङका ३५ भन्दा बढी विद्यालयमा ई– लर्निङ प्रोजेक्ट पनि सञ्चालन गरिएको छ । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले समाज परिवर्तनमा एक मुख्य भूमिका निर्वाह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.