कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी

कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी

इलाम । अमिन र सर्वेक्षकको काम कार्यालय सहयोगीले गर्छन् भन्दा पत्याउन गाहे होला । तर नापी कार्यालय इलामका कार्यालय सहयोगी देव तिखत्रीले अमिन सर्वेक्षकको काम गर्ने गरेको खुलासा भएको छ ।
कार्यालय सहयोगी तिखत्रीले भर्खरै इलाम नगरपालिका ९ गोलाखर्कका प्रेम चौहान र नेत्रकला अधिकारी चौहानको जग्गा नाप्न गएका थिए । उनले छ आना भनेर नापिएको जग्गा पछि साढे पाँच आना मात्र पुष्टि भएपछि खैलाबैला मच्चिएको छ । प्रेम र नेत्रकलाले एक स्थानिय छत्रकुमारी कट्टेललाई जग्गा विक्रि गर्नका लागि मालपोत कार्यालय आउँदा सो कुरा खुलेका हो । कार्यालयमा आउँदा आफैँ अमिन भन्दै तिखत्रीले नाप्न आउने भनेको र नाप्न गएको पिडित नेत्रकलाले बताएका छन् ।
कार्यालय सहयोगी देव तिखत्रीले सुरुमा अमिन पढ्नै नपर्ने ब्यवहारिक ज्ञानले नै काम चलाउने गरेको भन्दै ठुला कुरा गरे । पछि हाम्रो क्यामेराको अगाडी भने सामान्य अमिनको काम अमिनले नै गर्ने तर आफुले अमिनको कामले नगरेको वताए । उनले उल्टै तपाइँ आफैँ पनि नाप्न सक्नुहुन्छ नि भनेर हामीलाई सिकाए ।
अर्को अनौठो कुरा त जग्गावालाले कार्यालयमा आएर निवेदन दिनुपर्ने त्यसपछि मात्र कार्यालयले तेकोको राजश्व जम्मा गरिसकेपछि मात्र नाप्नका लागि अमिन पठाउने भए पनि कार्यालयमा बुझ्नका लागि आएका सेवाग्राहीलाई आफैँ नाप्न आउने वताए । अमिनले जमिनवालाको जग्गा नापेबापतको रकम राजश्वमा जम्मा हुन्छ । उनले चौहान परिवारबाटबाट बिना विल ४ हजार लिएको उनीहरु वताउँछन् । त्यो पैसा कुन राजश्वमा जम्मा भयो । हाल इलाम नगरपालिका ९ गोलाखर्क साविक इलाम नगरपालिका भित्रै पर्दछ । त्यहाँ अमिनले नापेवापत ९ सय १६ रुपया लिन पाइन्छ । तर कार्यालय सहयोगी तिखत्रीले भने ४ हजार रकम लिएका छन् ।
यता नापी कार्यालय इलामका प्रमुख सुमन बिक्रम पन्तले भने यो सरासर गल्ति भएको बताएका छन् । यसरी कार्यालय सहयोगीले नै अमिनको काम गर्न थालेपछि अमिन विषय खर्च गरि गरि किन पढ्ने ? अनी जान्दै नजानेको मान्छेले यस्तो काम गरेर सेवाग्राहीलाई सास्ती भएको छ । यसको क्षतिपुर्ती कसले दिने ? यो सानो गल्ति हुँदै हैन । यस्तो प्रबृति बढ्दै गयो भने सामान्य मानिसलाई मात्र हैन नेपाल सरकारलाई पनि राजश्व जम्मा पैसा जम्मा नहुँदा सिंगो देशलाई नै घाटा हुन्छ । यस तर्फ कसको ध्यान जाने ?
,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.