सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ति बालियो–यो खतराको संकेत हो ।

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ति बालियो–यो खतराको संकेत हो ।

सुनिल तिम्लसेना, चतरा । सप्तकोशीमा पानीको बहाब बढ्े सगै खतराको झण्डा राखिएको छ । आज शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो ।
यो बर्षको अहिले सम्मकै उच्च बहाब हो । ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । कोशी ब्यारेजका ५६ वटा ढोका मध्ये ३३ ढोका खोलिएको छ । पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएको छ ।
यतिखेर पूर्वी तराइका जिल्लामा पानी पर्दै रोकिएदै गरेको छ । पहाडी जिल्लामा अघिल्लो दिनसम्म परेको पानी कोशी ब्यारेसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेको बहाब अघिल्लो दिन परेको पानीको मात्रा अनुसार निर्धारण हुनेगर्छ । चतरामा रहेको नयां पुलको छेउ छाउ रहेको मोटरबोर्डहरुको बस्ने सतह पानीले पुरिएको छ । यस स्थानमा पानीको बहाब तेज सगं बग्ने गरेको हुनाले ती मोटरबोर्डहरु निकाल्न त्यतिकै समस्या परेको छ ।
यसैगरी सप्तकोसी नदी चतरामा पनि शनिबार बिहान ६ बजे जलसतहले सतर्कताको तह भन्दा माथि पुगेको छ । बाढीको सतह अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.