पथरीशनिश्चरे नगरपालिकामा सु–स्वास्थ जीवन प्रबद्र्धन कार्यक्रम

पथरीशनिश्चरे नगरपालिकामा सु–स्वास्थ जीवन प्रबद्र्धन कार्यक्रम

प्रिन्सेस राजकुमारी तामाङ, पथरी । पथरीशनिश्चरे नगरपालिकामा जिल्ला स्वास्थ कार्यलय मोरङको आयोजनामा स्वास्थ जीवन प्रबद्र्धन अभियान सुरु भएको छ ।
प्रदेश नं. १ को सरसफाई दुतमा धुर्मुस सुन्तली फाउन्डेसन चयन भएका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुस र कुञ्जन घिमिरे सुन्तलीको उपस्थितिमा पथरीशनिश्चरेबाट सो अभियान सुरु भएको हो ।
पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानको विषयमा जानकारी दिएको हो । जिल्ला स्वास्थ कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार असार २१ गते पथरीको जनआन्दोलन चोकमा प्रदेशका सामाजिक विकाश मन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यतामा अभियान भएको हो ।
सो अभियान अन्र्तगत भोली असार १९ गतेबाट ५ दिनसम्म योग शिविर समेत सञ्चालन सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिकाको व्यवस्थापनमा हुने अभियानमा नगरबासी युवा, विद्यार्थी, प्रहरी, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिति रहने मेयर दिलिपकुमार राईले जानकारी दिनुभयो ।
म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वास्थ्य र पोषिलो खानेकुरा खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिबद्धताका बारेमा प्रचार प्रसार गरी अभियान सफल बनाउन स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले आग्रह गरेका छन् । यो अभियान मोरङ जिल्लाका अन्य स्थानीय निकायमा समेत आउने आर्थिक बर्ष देखि शुरु गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.