झापास्थित सिप विकास तालिम केन्द्रका प्रमुख र नासु घुस रकमसहित रंगेहात पक्राउ

झापास्थित सिप विकास तालिम केन्द्रका प्रमुख र नासु घुस रकमसहित रंगेहात पक्राउ

झापा । अख्तियारको टोलीले झापास्थित व्यवसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई ३५ हजार घुसरकम सहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार दिउँसो कार्यालयबाटै प्रमुख मण्डल र नासु धिमाललाई नियन्त्रणमा लिइएको जनाएको छ । केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमको लागी प्रशिक्षार्थीबाट प्रमुख र नासुले रकम माग गरेका थिए । पैसा मागेको सुचनाको आधारमा अख्तियारको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको अख्तियारका प्रहरीले जानकारी दिएका छन् । दुवैका बिषयमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ । नियन्त्रणमा लिएका मण्डल र धिमाललाई अख्तियार कार्यालय इटहरी लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.