अनिल टेन्ट हाउसले दिएको रोजगारी, सबैको रोजाईमा अनिल टेन्ट हाउस

अनिल टेन्ट हाउसले दिएको रोजगारी, सबैको रोजाईमा अनिल टेन्ट हाउस

पछिल्लो समयमा टेन्ट हाउसको अवस्था, यसले दिएको रोजगार, यसको भविष्य, यसका चुनैति लगायत विषयमा केन्द्रित रहेर अनिल टेन्ट हाउसका संञ्चालक अनिल साहसँग विराट खवरका लागि मोहन ढकालले गरेको कुराकानीको अंश प्रस्तुत गरिएको छ ।

१. विराटखवर अनलाइनमा स्वागत छ ? ग्राहकको रोजाईमा अनिल टेन्ट हाउस नै किन ?
 घन्यवाद । हाम्रो अनिल टेन्ट हाउस अहिले भटटाचोक, पोखरीयामा अबस्थित रहेको छ । जुन सबैको रोजाईमा परेको छ । हामी बिवाह, पार्टी, बर्तबन्ध, प्रदेश मन्त्रालय लगायत बिभिन्न बिद्यालय, स्कुल, कलेजमा समेत सेवा दिएका छौ । हाम्रो सेवा अनि उत्तीकै सहयोग रहनेछ ग्राहकहरु प्रति । एक पल्ट आएको ग्राहक जहिले पनि हाम्रो अनिल टेन्ट हाउस नै रोज्ने गर्दछन् ।
२. कति समय भयो टेन्ट हाउस सञ्चालन गर्न थाल्नु भएको ?
 चौध, पन्घ्र वर्ष जति भयो ।
३. वर्तमान अवस्थामा टेन्ट हाउसको अवस्था कस्तो छ ? र यसको भविष्य कस्तो देख्नु भएको छ ?
 अहिलेको समयमा टेन्ट हाउसको माग केही कमी भएको छ । किनभने सवै पाटी प्यालेस तिर जान थालेका छन् । मान्छेहरुले सामान्य कार्यक्रमहरुको लागी मात्र टेन्ट हाउसको प्रयोग गर्न थालेका छन् । बिबाह पाटीको लागी त अहिले प्राय ः मानिसहरुले पाटी प्यालेस नै रोज्ने गरेका छन् । यसरी हेर्दा यसको भविष्य खासै उत्कृष्ट देखिदैन ।
४.विराटनगर महानगरपालीका भित्र टेन्ट हाउसको संख्या कति छ ?
 वर्तमान समयमा २५देखि ३० ओटा होला ।
५. समग्रमा टेन्ट हाउसबाट कति मान्छेले रोजगारी पाएका छन् ?
 मेरो टेन्ट हाउसमा मात्रै १५–२० जनाले रोजगारी पाएका छन् । विराटनगर भरिको समग्रमा भन्दा अढाइ सय देखि तिनसय मान्छेले रोजगारी पाएका छन् ।
६. कुन ठाँउका मान्छेलाई रोजगारी दिनु भएको छ ?
 प्रायः यतैकै छन् । बंगाल साथै भारतबाट पनि ल्याउने गरिएको छ ।
७. टेन्ट हाउस सजावटका सामानहरु कहाँ बाट ल्याउनु हुन्छ ?
 प्राय जस्तो भारतबाट आँउछ । केही सामानहरु यतै खरिद गरिन्छ ।
८. यसका चुनौतीहरु के के हुन् ?
 धेरै चुनौतीहरु छन् । कहिले मान्छे पाउदैनन् , कहिले कालीगढ नै पाइँदैन्, कहिले भनेको ठाउँमा समयमा सामान पुग्दैन् ।
९. तपाई यो व्यवसायबाट कतिको सन्तुष्ट हुुनुन्छ ?
 ठीकै छ । घर परिवार चलेकै छ । केटाकेटी पढाइएकै छ । दुइचार जना मान्छेले रोजगारी पाएकै छन् सन्तष्ट नै छु ।
१०. यहि व्यवसायलाई निरन्तरता दिने सोचमा हुनुहन्छ कि अन्य केही सोच्नु भएको छ ?
 दिगो रुपमा सञ्चालन गर्ने सोच वनाएर अधि वढिरहेको छु । तर मान्छेले वढी पाटी प्यालेस रोज्ने भएकाले समस्या भइरहेको छ ।
१२. अन्त्यमा केही भन्नु हुन्छ ?
 कुनै कार्यक्रमहरु गर्नुपरेमा टेन्ट हाउसको प्रयोग गर्न सबैलाई आग्रह गर्दछु ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *